जोयस मायर धार्मिक तथा प्रेरक वक्ता र लेखक हुन् । अमेरिकी नागरिक उनको जन्म सन् १९४३ जुन ४ मा भएको थियो ।
जोयस मायरका जीवनोपयोगी भनाइहरु
तिमीले नकारात्मक विचार लिएर सकारात्मक जीवन पाउन सक्दैनौ ।
यदि तिमीले जे सजिलो छ, त्यही मात्र गर्छौ भने, तिमी जीवनभर कमजोर हुनेछौ र जहाँ छौ त्यहीं मात्र रहिरहनेछौ।
मानिसले आफ्नो बारेमा जे सोंच्छ, त्यही सोंचले नै उसको जीवनमा सबैभन्दा धेरै समस्याहरु निम्त्याइरहेको हुन्छ ।
हामी कहाँ थियौं होइन, हामी कहाँ पुग्नेछौं भन्ने कुराले अर्थ राख्छ ।
आफूसंग जे छ, त्यो प्रयोग गरेर त्यसमै लगनशील बन्न सक्नु नै क्षमतावान हुनु हो ।
शब्दहरु निकै शक्तिशाली हुन्छन् । यदि तिमीले आफ्ना शब्दहरु परिवर्तन गर्छौ भने स्वत: तिम्रो जीवन पनि परिवर्तन हुन्छ।
अरुले तिमीलाई के भन्छन् , त्यसको आधारमा आफ्नो मूल्य र अस्तित्व तौलिने काम नगर ।
या त परिवर्तनले दिने पीडालाई केही छिन सहने हिम्मत गर या त अहिले भोगिरहेको पीडामै जीवन गुजार ।
आफ्नो दिमागलाई फोहोर फाल्ने ठाउँ नबनाऊ ।
एउटा गल्ती नै मानिसको सम्पूर्ण जीवनको निर्णायक बन्नु हुँदैन ।
यदि चक र चुनौतीको राम्रो मिश्रण गर्न जान्ने हो भने, एउटा शिक्षकले सयौं जीवनहरु परिवर्तन गरिदिन सक्छ ।
म त्यहाँ छैन, जहाँ पुग्न चाहन्थें । तर भगवानलाई यो कारणले धन्यवाद दिन्छु कि, म अहिले त्यहाँ छैन, जहाँ म पहिले थिएँ ।
हरेक दिन भगवानले दिने एउटा उपहार हो । उपहार दिनेलाई धन्यवाद देऊ र त्यो उपहारमा रमाऊ ।
धैर्य रहनु भनेको पर्खनु मात्र होइन । पर्खनुपर्ने समयमा हामीले के सोंच्छौँ र के गर्छौं भन्ने पनि हो ।