म अहिले कक्षा ११ मा पढ्दैछु । मलाई मोडलिंग गर्ने मन छ, तर मलाई घरबाट पढ्नको लागि दबाब दिनुहुन्छ । मलाई मैले पढेर केही पनि गर्न सक्दिन जस्तो लाग्छ । सफल स्टोरिज सधै पढ्छु, त्यसैले हजुरहरुले केही सल्लाह दिन सक्नुहुन्थ्यो कि भनेर आफ्नो समस्या राखेकी हूँ ।

प्रश्न यो आउँछ कि, तपाईंले आफ्नो मोडलिंग करियरलाई कहाँ सम्म लैजान चाहनुहुन्छ ? मोडलिंग शरीरको सुन्दरता मात्र होइन, दिमागी सुन्दरता पनि हो र त्यसको लागि अध्ययनको जरुरी हुन्छ नै । यदि तपाईं सिमित भएर बस्न चाहनुहुन्छ भने अध्ययनको त्यति धेरै आवश्यकता पनि नहुन सक्छ, तर तपाईं आफ्नो करियरमा सफल नै हुन चाहनुहुन्छ भने अध्ययनको आवश्यकता पर्छ नै । उदाहरणको लागि तपाईं नेपालको चर्चित मोडल तथा मिडिया पर्सन माल्भिका सुब्बालाई हेर्न सक्नुहुन्छ । यदि उनीसंग पढाइ थिएन, अध्ययन थिएन, ज्ञान थिएन भने, उनले आफ्नो कामबाट सम्मान पाइरहेकी हुने थिइनन् । त्यस्तै अभिनेत्री करिश्मा मानन्धरले पढाइको आवश्यकतालाई बुझेर अहिले पढाइलाई निरन्तरता दिंदैछिन् ।

अर्को कुरा, मोडलिंग भनेको कपडा देखाउनु, राम्रो शरीरको आकार देखाउनु मात्र होइन, व्यक्तित्व देखाउनु हो । व्यक्तित्व विकासको लागि तपाईंमा अध्ययन हुनुपर्छ, बाहिरि ज्ञान हुनुपर्छ । जसको लागि पढाइको आवश्यताका पर्छ नै ।

तपाईंले पढ्दा चाहिं, आफूलाई मन पर्ने विषय पढ्न सक्नुहुन्छ । मोडलिंगको क्षेत्रलाई कुन विषयले सहयोग गर्न सक्छ, तपाईंले मोडलिंगलाई आफ्नो करियरमा कसरि लैजान सक्नुहुन्छ, मोडलिंगमा तपाईंको गन्तव्य के हुन सक्छ आदि राम्रोसंग बुझेर तपाईंले आफ्नो पढाइको विषय छनोट गर्न सक्नुहुन्छ । सफल स्टोरिज पढ्दै हुनुहुन्छ भने, तपाईंसंग पक्कै पनि इन्टरनेटको पहुँच छ । नेपालमा मोडलिंग करियर, सम्बन्धित इन्स्टिच्युट, मोडलिंगको सम्भावना आदिको बारेमा गुगलमा खोजेर जानकारी लिन सक्नुहुन्छ । आफूसंग आधारभूत जानकारी भएपछि मोडलिंगमा लागेका व्यक्तिहरुसंग भेटेर वा कुनै माध्यमबाट सम्पर्क गरेर, विभिन्न इन्स्टिच्युटमा आफै गएर आवश्यक सल्लाह लिन सक्नुहुन्छ।

( यदि तपाईंले पनि उहाँलाई सुझाव दिन चाहनुहुन्छ भने कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ )

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text