परिवर्तन म आफू हुनुपर्छ.
तिमीले त भनिदिए भयो
बुझ्नु त मैले आफूले पर्छ ।

न तिम्रो बाटो त्यो न मेरो ‘नामको’
तिमी हिंड्छौ भने
मैले पनि त पाइला चाल्न पाउनुपर्छ ।

तिमी खान्छौ अघाउँछौ भने
कमसेकम मैले बाँच्न त पाउनुपर्छ।

भिर मौरीमा न तिम्रो मेहेनेत न मेरो
त्यसो भए मैले पनि चाख्न त पाउनुपर्छ।

होइन!
मेहेनेत बिनाको फल
मीठो पनि हुन्न
भए नि बिझाउँछ,
तर मानिसमा मानवता त हुनुपर्छ।

नैतिकता
कहाँ गयो?
अरुको बर्बादि मै मज्जा छ होइन??
कुरोको तिर हान्नेले
संघर्ष पनि बुझेको हुनपर्छ।
कमसेकम आफ्नो सियो जति प्रगतीमा
रमाउन त जानेको हुनपर्छ।

जस्तो बोट उस्तै फक्रिन्छन् फूलहरु
सुन्दर चाहिन्छ होइन?
स्याहार गर्न जानेको हुनुपर्छ।

-दुर्गा खनाल

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text