विद्या वालन सन् १९९५ मा ‘हम पाँच ‘ टेलिभिजन शो मार्फत अभिनय क्षेत्रमा लागेकी हुन् । त्यसपछि उनी म्युजिक भिडियो र विज्ञापनहरुमा खेल्थीन् ।
म्युजिक भिडियो गर्दा गर्दै उनी साउथ फ्लिममा डेब्यु गरिन् । विद्या वालनले अभिनय गरेका अधिकांश भारतीय साउथ फ्लिम फ्लप भए । उनीसंग आम्दानीको स्रोत पनि थिएन भने काम पाउन पनि छोडेकी थिइन् ।
एक बगाली निर्देशकले विद्याको अभिनय देखेर आफ्नो फ्लिममा ठीक हुने निर्णयमा पुगे । त्यस फ्लिममा अभिनय गर्नको लागि विद्याले ‘बंगाली’ भाषा पूर्ण जान्नुपर्थ्यो तर उनलाई बंगाली भाषाको ज्ञान थिएन । विद्याले फ्लिमको अभिनयकै लागि बंगाली सिक्न थालिन् र अभिनयमा पनि कडा मेहनत गर्न थालिन् । उनको मेहनत र लगनशीलताले धेरै निर्देशकहरु प्रभावित भए भने फ्लिम पनि सफल रह्यो ।
त्यसपछि सन् २००५ मा ‘परिनीता’ फिल्म मार्फत उनले बलिवुडमा डेब्यु गर्ने अवसर पाईन् । उक्त फ्लिमबाट उनले अवार्ड समेत पाईन् । अहिले उनी बलिवुडको एक सफल कलाकारको रुपमा चिनिन्छिन् ।