चीनको सबैभन्दा धनी तथा एसियाको दोस्रो धनी व्यक्ति ज्याक माले आफ्नो व्यवसायिक जीवन छोडेर शिक्षण पेशामा लाग्ने योजना बनाएको बताएका छन् । सोमबार ५३ वर्ष पुगेर ५४ वर्ष लागेका ज्याक माले आफूलाई शिक्षा क्षेत्र तथा शिक्षण पेशा मन पर्ने बताएका हुन् । ज्याक मा व्यवसायी बन्नु अगाडी अंग्रजी विषयका शिक्षक थिए ।

ज्याक मा हाल चीनको अन्तर्राष्ट्रिय कम्पनि अलिबाबा ग्रुपका एग्जीक्युटिभ चेयरम्यान हुन् । ज्याक माले सीईओको पद सन् २०१३ मै छाडिसकेका थिए । आफ्नो जन्मदिन तथा अलिबाबाको बीसौं वार्षिकोत्सवको दिनमा बोल्दै उनले डेनियल झेंगलाई अर्को वर्ष सेप्टेम्पर १० मा अध्यक्षको पद हस्तान्तरण गर्ने बताएका छन् । तब सम्ममाले उनलाई साथ लिएर काम गर्नेछन् । सीईओ पद सम्हालेपछि डेनियलले शानदार प्रदर्शन गरेको भन्दै उनले उक्त निर्णय लिएको बताएका हुन् ।

ज्याक सन् २०२० मा ग्रुपको वार्षिक शेयरहोल्डर बैठकसम्म बोर्डमा कायम रहनेछन् । व्यवसायिक जीवनबाट विश्राम लिएपछि उनले शिक्षक बन्ने निर्णय गरेका छन् । एक अन्तर्वार्तामा उनले आफ्नो लागि अब सीइओ बन्नुभन्दा शिक्षक बन्नु राम्रो भएको बताएका छन् ।

Source : www.smh.com.au

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text