दक्षिण अफ्रीकाकी रिकेनेट स्तीनक्याम्पले ६ वर्षको उमेर देखि नै खेलाडी बन्ने सपना देखेकी थिइन् । उनी दौड खेलमा सबैभन्दा अगाडी थिइन् । उनी आफ्नो खेलाडी बन्ने सपनालाई वास्तविकतामा बदल्नको यति लगनशील भएर लागेकी थिइन् कि, २२ वर्षकी हुँदासम्म उनले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमै आफ्नो खेल करियर बनाइन् । तर, २०१६ मा उनको अगाडी बढिरहेको पाइलामा ब्रेक लाग्यो ।
रिकेनेटको खुट्टा दुख्न थाल्यो । जांच गरेपछि डाक्टरहरुले उनको गोलीगाँठोमा छुट्टा हड्डी पलाएको बताए । त्यसैले शल्यक्रिया गर्नुपर्ने भयो । डाक्टरहरुले अब उनी पहिलेको जस्तै दौडिन नसक्ने र हिड्न समेत मुस्किल हुने बताए । त्यो सुनेपछि रिकेनेट डिप्रेसनमा गइन् । तर, विस्तारै निको हुन थालेपछि उनमा केही साहस बढ्दै गयो । दुई वर्षपछि उनको खुट्टा निको भयो ।
निको भइसकेपछि रिकेनेट खेलमा फर्कीइन् । धेरैले उनलाई खेलमा नफर्किन सुझाव दिए । तर, उनी आफ्नो लक्ष्यमा दृढ थिइन् । खेललाई निरन्तरता दिएकी उनले अहिले आफ्नो देशको राष्ट्रको रेकर्ड तोडीरहेकी छिन् ।
Source : beautifulnews