नहिडे पनि अपजस आउनेछ,
हिडे पनि आउनेछ
काम गरे पनि आउनेछ
नगरे पनि आउनेछ,
त्यसो भए वास्ता किन गर्नु ?

होच्याउने समाज छ
जातलाई लिएर,
धर्मलाई लिएर,
अनुहारलाई लिएर,
कर्मलाई लिएर।
काम पूजा हो, त्यो त मुखमा मात्र छ
किन?
किनभने
गफाडी समाजको विकास भएको छ।

कलिला हातलाई
धर्मको डोरि, जातको भुमरीमा किन पारेको?
सामाजिक बन्धनले किन बाँधेको?
ऊ पनि प्रकृति नै हो
बाँच्न पाउनुपर्छ
रुख झै,
पहाड झै,
पंक्षी झै
स्वतन्त्र भएर।

परिवर्तन कर्मले हुन्छ,
अठोटले हुन्छ।
गफाडी समाजमा जन्मिए
बच्चाले नि गफमात्र सिक्नेछ ।

विकास कर्मले निम्त्याउने सम्भावना हो।

-दुर्गा खनाल  

तपाईंसंग पनि सकारत्मक सोंच फैलाउने किसिमका लेख रचनाहरु छन् भने हामीलाई पठाउन सक्नुहुनेछ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text