म बाल्यकालमै आत्मविश्वासी थिएँ,
बामे सर्दा सर्दै उभिन खोजेको थिएँ

म बाल्यकालमै साहसी थिएँ
लड्दा लड्दै पनि फेरी हिंड्न खोजेको थिएँ

जब थपिए सामाजिक मान्यता
यो गर्नहुन्छ र गर्नुहुन्न भन्ने सिमारेखा

जब म मानव हुनुको पछाडी थपिए परिचय
थर, धर्म, वर्ग, लिङ्ग अनि जात

शारीरिक रुपमा बढ्दै गएको म
उमेर संगै खुम्चिंदै गएँ

तर मलाई अब उमेरसंगै खुल्नु छ
खुम्चिनु हैन फैलिनु छ

मलाई अब बाल्यकालकै ‘म’ बन्नु छ
अनावश्यक बन्धनबाट फुत्किनु छ

कृपया, मलाई मात्र ‘मानव’ बन्न देऊ
मलाई स्वतन्त्र भई बाँच्नु छ,
आफू भित्रको हिम्मत र आत्मविश्वास महसुस गर्नु छ

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text