हरेकजसो व्यक्ति सबै बन्धनबाट मुक्त भएर आफूले चाहेको जीवन जिउन चाहन्छ । तर, स्वतन्त्रता भनेको बन्धनबाट मुक्त हुनु मात्र हो ? आफूले पाएको स्वतन्त्रताको हामीले कसरि उपयोग गरिरहेका छौं ?
स्वतन्त्रता सम्बन्धि प्रसिद्ध भनाइहरु
राजनीतिले भन्दा कला, स्वतन्त्रता र सिर्जनशीलताले समाज छिटो परिवर्तन हुन सक्छ ।
– भिक्टर भिन्चुक
कोही माथी निर्भर नहुनु, केही पनि आशा नराख्नु र केही पनि नमाग्नु नै स्वतन्त्रता हो ।
– आयीन र्यान्ड
जब मैले म को हुँ भन्ने बुझ्छु, तब म स्वतन्त्र हुन्छु ।
– राल्फ एलिसन
कोही पनि व्यक्तिले हाम्रो आफ्नो आत्मा माथी शासन चलाउन सक्दैन । जब तिमीले यो कुरा बुझ्छौ, तिमी स्वतन्त्र हुन्छौ ।
– गौतम बुद्ध
स्वतन्त्रता अरु केही होइन, अझ राम्रो व्यक्ति बन्ने अवसर हो ।
– अल्बर्ट क्यामु
अरुलाई स्वतन्त्रता दिंदैन भने, ऊ आफू पनि स्वतन्त्रताको लागि योग्य हुँदैन ।
– अब्राहम लिंकन
जीवनभर कैदीको जीवन बाँच्नु भन्दा स्वतन्त्रताको लागि लड्दा लड्दै मर्नु उचित हो ।
– बब मार्ली
खुशीको रहस्य स्वतन्त्रता हो र स्वतन्त्रताको रहस्य साहास हो ।
– थ्युसीडिडिस
तिमी जो हौ, त्यो बन । त्यही नै तिम्रो लागि स्वतन्त्रता हो ।
– ओशो
स्वतन्त्रता भनेको एउटा खुल्ला झ्याल हो, जहाँबाट आएको सूर्यको प्रकाशले मानिसको आत्मा र मर्यादालाई जीवित बनाइराख्छ ।
– हर्बर्ट हुभर
पैसाले होइन, स्वतन्त्रताले सफलता मिल्छ ।
– नेल्सन मन्डेला
सफलताबाट मिल्ने एउटा पुरस्कार स्वतन्त्रता हो ।
– स्टिंग
मायाले व्यक्तिलाई कब्जा गर्न खोज्दैन, स्वतन्त्रता दिन्छ ।
– रविन्द्रनाथ टैगोर
स्वतन्त्रता भनेको आत्माको लागि अक्सिजन हो ।
– मोसे डायान
कसैले पनि तिमीलाई स्वतन्त्रता दिंदैन, कसैले पनि तिमीलाई न्याय दिंदैन । त्यो तिमीले आफ्नै प्रयासले प्राप्त गर्नुपर्छ ।
– मल्कोम एक्स