मानिसको जीवनमा आत्मविश्वासले ठूलो भूमिका खेलेको हुन्छ । आत्मविश्वासले नै मानिसले समूहमा आफ्नो विचार राख्न सक्ने, आफ्नो रुचि अनुसारको कामको सुरुवात गर्न सक्ने हुन्छ । जीवनमा सफलता दिलाउने आत्मविश्वासलाई यसरी बढाउन सकिन्छ :
- धेरै सोंच्ने बानी छ भने आजैदेखि त्यो बानी कम गर्दै लैजानुहोस् ।
- आफू जे हुनुहुन्छ, त्यहि बन्नुहोस् । आफूलाई अरुसंग तुलना नगर्नुहोस् ।
- आफ्ना कमजोरीहरुलाई सुधार्ने प्रयास गर्नुहोस् तर तिनै कमजोरीलाई लिएर आफू असक्षम छु भन्ने नठान्नुहोस् ।
- एकै पटकमा कोही पनि व्यक्ति पर्फेक्ट हुँदैन। हरेक व्यक्तिले समय र अनुभव अनुसार सिक्दै जाने हो र मैले पनि सिक्दै जानुपर्छ भन्ने कुरालाई मनन गर्नुहोस्।
- सकारात्मक सोंच राख्नुहोस् र मुस्कुराउन सिक्नुहोस् ।
- समूहमा आफ्नो विचार नहिच्किचाई राख्नुहोस् ।
- आलोचनाहरुसंग नडराउनुहोस् । आलोचनाहरुलाई विश्लेषण गर्नुहोस् ।
- सकारात्मक सोंच राख्ने र उर्जाशील मानिसहरुको संगत गर्नुहोस् ।
- आफूलाई माया गर्न सिक्नुहोस् र आफ्नो हेरचाहा गर्नुहोस् ।
- समाजमा घुलमिल हुनुहोस् ।
- आफूले नजानी गरेका वा भएका गल्तीहरुलाई सहज तरिकाले लिनुहोस् ।
- विगत सबैको हुन्छ त्यसैले विगतलाई लिएर हीनताबोध वा असहज महसुस नगर्नुहोस् ।
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :