जापानका सोइचिरो होन्डाले १५ वर्षको उमेरमा जागिरको खोजीमा घर छोडेर हिंडेका थिए । काम खोज्नको लागि उनी टोकियो सहर पुगे र अटो वर्कसपमा काम गर्न थाले । उनले त्यहाँ छ वर्ष काम गरेपछि घर फर्किए र आफ्नै वर्कसप खोले ।

सन् १९३७ मा ३१ वर्षको उमेरमा होन्डाले एउटा पूर्जा पिस्टन रिङ्ग बनाएर टोयटा कम्पनीसंग सहकार्य गर्ने योजना बनाए । उनले रात दिन मेहनत गरे, श्रीमतीको गहना समेत त्यो कामको लागि लगानी गरे । तर पिस्टन रिङ्ग बनाएर लगेपछि टोयोटा कम्पनी त्यो आफूहरुको मापदण्ड अनुसार नभएको बतायो । टोयोटा कम्पनीका इन्जिनियरहरु उनको काम देखेर हाँसे ।

त्यसपछि होन्डा फर्किए र आफ्नो त्यो डिजाइन माथी फेरी खोज गर्न थाले । उनले दुई वर्षसम्म निरन्तर मेहनत गरेर आफ्नो डिजाइनलाई अझ राम्रो बनाए । त्यसपछि टोयोटासंग पिस्टन रिङ्ग बनाउने सम्झौता पनि गरे । तर पिस्टन रिङ्ग बनाउनको लागि उनले उद्योग स्थापना गरेपछि युद्धका कारण बमले उद्योग नै उडाइदियो । त्यसपछि फेरो उद्योग खडा गरे, फेरी पनि बमले उडाइदियो । उनी थाकेनन् र फेरी संघर्ष गरेर उद्योग निर्माण गरे । त्यसपछि भूकम्पले भत्काइदियो ।

होन्डा थाक्नेहरु मध्येमा थिएनन् । त्यसपछि उनले युद्धमा सैनिकहरुले छोडेका विभिन्न सामानलाई स्रोत बनाएर साइकल बनाउन थाले । साइकलको माग बढ्यो, तर स्रोत भएन । तर, उनले साइकल सम्बन्धि काम गर्नेहरुलाई आफ्नो योजनामा समेटेर आफ्नो काम अगाडी बढाए । साइकलबाट सुरु भएको त्यो कम्पनी ‘होन्डा मोटर कम्पनी’ को रुपमा विश्वबजारमा आफ्नो स्थान बनाउन सफल भयो ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text