हामी सबैले आफ्नो काममा सफल बनूँ भनेर मेहनत गर्छौं । दिनभर भागदौड गर्छौं । तर, हाम्रो उत्पादनशीलता भने कम हुन्छ । हाम्रा महत्वपूर्ण कामहरु अझै बाँकी नै रहेका हुन्छन् । यसको मूख्य कारण हाम्रो चन्चल दिमाग हो । हामी एकैपटकमा धेरै कुरा प्राप्त गर्न चाहन्छौं, तर हामीले चाहे अनुसार एउटा कुरा पनि प्राप्त गर्न सक्दैनौं ।

बिहान देखि बेलुका सम्म हामीले धेरै ठाउँमा दिमाग डुलाउँदा, हाम्रो ध्यान बाँडिन्छ, हाम्रो शक्ति धेरै खर्च हुन्छ । हामीले कुनै पनि काममा, सो कामलाई आवश्यक परे अनुसार ध्यान दिन सक्दैनौं, त्यसमा हाम्रो सिर्जनशीलता र मेहनत लगाउन सक्दैनौं । सबै कामहरुमा हाम्रो शक्ति खर्च हुन्छ , तर कुनै पनि कुरामा बलियो गरि उभिन सक्दैनौं ।

त्यसैले एउटा कामलाई राम्रोसंग पुरा गरेपछि मात्र अर्को कुरामा पाइला अगाडी बढाउनुपर्छ । जीवनमा आफूले चाहेका सबै कुरा प्राप्त गर्ने कोसिस गर्नुपर्छ । तर सबै एकैपटक केही पनि पाइदैन । तत्काल महत्वपूर्ण रहेको काममा आफूलाई केन्द्रित गरेर भर्याङ्ग जसरि एक-एक गर्दै माथी चढ्नुपर्छ ।

यदि एउटा काममा मात्र ध्यान लगाउन गाह्रो हुन्छ, दिमाग चन्चल भईरहन्छ भने बिहानमा योगा गर्ने, आँखा चिम्लेर कुनै मन्त्र पढ्ने बानी गरेर दिमागलाई एकाग्र गराउन सकिन्छ । यसको साथै दिमागलाई एकाग्र गरेर खेल्नुपर्ने खेल खेल्नुहोस् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text