खुशी खोज्न भनी हिंडीरहें
सफलता कहाँ पाइन्छ भनि भौतारिरहें
थाहा थिएन,
म कस्तुरी बनिरहेको रहेछु
अनेकौं हण्डरहरुपछि थाहा पाएँ
वासना त म भित्रैबाट आएको रहेछ
बिना त मसंगै रहेछ
बेकारमा शक्ति र समय खर्च गरिरहेको रहेछु
अब मैले मेरो बिनाको मूल्य बुझेको छु
मेरो बिनाको महत्व बुझेको छु
मलाई मारेर मेरो बिना खोस्न चाहनेहरु
अब टाढै रहनु
अब मैले मेरो परिचय बुझेको छु ………………
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :