रोजर फेडेरर विश्व प्रसिद्ध टेनिस खेलाडी हुन् । स्विजरल्याण्डका नागरिक उनलाई सम्मानको रुपमा स्विजरल्याण्डका मानिसहरुले मास्टर भनेर सम्बोधन गर्छन् । उनको जन्म सन् १९८१ अगस्ट ८ मा भएको थियो ।
रोजर फेडेररका प्रेरक भनाइहरु
हामी सधै सबैकुरामा सहमत हुन सक्दैनौं ।
तिमी जुन कुरामा राम्रो छौ, त्यो कुरालाई नै आफ्नो सर्वस्व बनाऊ, आफ्नो लक्ष्य बनाऊ ।
कहिलेकाहीं तिमीले यो स्विकार्नु जरुरी छ कि, तिम्रो प्रतिस्पर्धीले तिमीले भन्दा राम्रो गरिरहेको छ ।
त्यो व्यक्तिले जित्छ, जसले मैले जित्नेछु भन्ने सपना देखेको हुन्छ ।
म कसैसंग डराउँदिन, तर सबैको कदर गर्छु ।
कहिले काहीं सानो कुराको प्राप्तीको लागि पनि धेरै ठूलो त्याग र मेहनत गर्नुपर्ने हुन्छ । तर यदि तिमीले त्यो त्याग र मेहनत सही कुराको लागि गरेका छौ भने त्यसले पछि ठूलो सफलता दिलाउँछ ।
तिमी कुनै दुलोभित्र अड्किरहेकाछौ, अप्ठ्यारो भोगिरहेका छौ भने तिमी अझ बलियो बनेर बाहिर निस्किनेछौ । जीवनका सबै कुरामा यो लागु हुन्छ ।
म सधै सकारात्मक सोंच्छु । तिनै सकारात्मक सोंचले नै मलाई अप्ठ्यारो परिस्थितिमा साथ दिइरहेका हुन्छन् ।
म पत्रकारहरुको अगाडी आफूलाई प्रामाणित गर्न खेलिरहेको छैन । म आफ्नो लागि र मेरा समर्थकहरुको लागि खेलिरहेको छु ।
मसंग सधै एउटा सपना थियो ।
तिमीले आफ्नो अहिलेको समयमा ध्यान केन्द्रित गर । यो समय तिमीले आफूलाई अझ राम्रो बनाउने अवसर हो ।
तिमीले आफ्नो ठूलो योजनामा विश्वास गर्नु जरुरी छ । त्यो ठूलो योजनाको लागि तिमीले बनाउने साना-साना योजनाहरुले तिमीलाई प्रेरित गरिरहन्छन् ।
मलाई थाहा थियो कि, मसंग केही क्षमता छ ।
मैले दुखाइ सहेर खेल्न सिकें, समस्यासंग जुधेर खेल्न सिकें । मैले जस्तोसुकै परिस्थितिमा पनि खेल्नुपर्छ भन्ने सिकें ।
यो पनि पढ्नुहोस् :