हामी मध्ये धेरैले अवसर नपाएकोमा आफू पछाडी परेको गुनासो गर्ने गर्छौं । तर, अवसर भनेको के ? अवसरको महत्व के?
गल्तीसंग नडराऊ, अवसरलाई नछोड । तब मात्र तिमी अगाडी बढ्न सक्छौ ।
– म्यारी टेलर मुरे
भाग्यवादीहरुले अवसरलाई कुरेर बस्छन् । तर, उद्यमीहरुले अवसरको सिर्जना गर्छन् ।
– टोबा बेटा
जो व्यक्तिले आफैले केही गर्न खोज्दैन, उसलाई अवसरले पनि साथ दिंदैन ।
– सोफोक्लिस
बुद्धिमान व्यक्तिले अवसरलाई आफ्नो भाग्यमा बदल्छ।
– थोमस फ़ुलर
समस्या आउनु भनेको तिमीले आफूलाई प्रमाणित गर्न पाउने अवसर हो ।
– डुक एलिंगटन
मैले कुनै दिन अवसर पाउनेछु । त्यसैले म अहिले तयारि गर्दैछु ।
– अब्राहम लिंकन
अवसरले तिम्रो ढोका ढकढक्याउन आउंदैन । तिमी आफैले खोज्नुपर्छ ।
– कार्लोस रुइज ज्यफ़ोन
हरेक नयाँ दिन तिम्रो लागि अझ राम्रो बन्ने, महत्वपूर्ण निर्णय लिने अवसर हो ।
– पू बियर
आफ्ना पसिनाहरुमा रमाऊ । कडा मेहनतले सफलता मिल्छ नै भन्ने निश्चित हुँदैन । तर, यस्तो अवसर पनि आउंदैन, जहाँ मेहनत बिना नै सफलता मिलोस् ।
– एलेक्स रोद्रिगेज
अवसरमा होइन, तिम्रो भविष्य तिम्रो रोजाइमा भर पर्छ ।
– जेयन निडेच
समय बितिसकेपछि तिमीले आफूले उपयोग नगरेका अवसर सम्झेर पश्चाताप गर्नेछौ ।