सपनाहरु चकनाचुर हुन सक्दैनन् ..
भत्किएको भरोसा र कम्जोर बनेको हिम्मतले
सपना देख्ने आँखाहरुलाई धमिलो र कमजोर बनाइदिन्छन् ..

जब आँखाबाट वर्षा भएपछि धमिलो हटेर छर्लङ्ग हुन्छ,
हिम्मत जाग्दै गएर पोषणको काम गर्न थाल्छ,
तब सपनाहरु फेरी प्रष्ट देखिन थाल्छन्,
अझ प्रष्ट देखिन थाल्छन् !

हो, म मेरा सपनाहरु अझ प्रष्ट देख्दैछु,
दिल टुटाउनेहरु, खुट्टा तानेर लडाउनेहरु
मेरो मन मस्तिष्कमा नाचिरहेछन्

मेरा सपनाहरु मेहनत गर्दैछन्, पसिना बगाउँदैछन्
ती मन र मस्तिष्कमा नाचिरहेकाहरुलाई
मेरा सपनाहरु झापड हान्न खोजिरहेछन्
अठोटको झापड, आत्मविश्वासको झापड, आत्मसम्मानको झापड
सफलताको एउटा दरिलो झापड !

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text