संसारमा धेरै किसिमका धर्म छन् । धर्मकै नामबाट मानिसले शान्ती पनि फैलाउँछ र युद्ध पनि जन्माउँछ । तर धर्म के हो ? केका लागि हो ?
धर्म सम्बन्धि प्रसिद्ध भनाइहरु
मानवता भन्दा ठूलो धर्म कुनै पनि छैन ।
– वुड्रो विल्सन
कुनै पनि धर्मले त्यो धर्म बचाउन तथा ठूलो बनाउनको लागि अरुलाई घृणा गर भन्दैन ।
– ए.पी.जे अब्दुल कलाम
तिमीले आफूलाई विश्वास गर्दैनौ भने, भगवानलाई पनि विश्वास गर्न सक्दैनौ ।
– स्वामी विवेकानन्द
जब मैले राम्रो काम गर्छु, म खुशी हुन्छु । जब मैले खराब काम गर्छु, म दु:खी हुन्छु । मेरो लागि यही नै धर्म हो ।
– अब्राहम लिंकन
मेरो लागि दया नै धर्म हो ।
– दलाई लामा
मन्दिर, मस्जिद या चर्चमा बसेर धर्मात्मी भइन्छ भन्नु र ग्यारेजमा बसेर कार बनिन्छ भन्नु उस्तै हो ।
– ग्यारिसन केलर
तिमीले मन्दिरमा ढोग, मस्जिदमा शिर झुकाऊ या त चर्चमा प्रार्थना गर, म तिमीलाई माया गर्छु । तिमी र म एउटै धर्मका सन्तान हौँ । र , त्यो हो आत्मा ।
– खलिल जिब्रान
प्रार्थनाले भगवानलाई परिवर्तन गर्दैन, प्रार्थना गर्ने व्यक्तिलाई परिवर्तन गर्छ ।
– सोरेन किएर्कगार्ड
आतंकवादको कुनै धर्म हुँदैन ।
– भ्लादमिर पुटिन
जसले धर्म र राजनीति बीच सम्बन्ध छैन भन्छ, उसले धर्म भनेको के हो भन्ने बुझेकै छैन ।
– माहात्मा गान्धी