भिन्सेन्ट भ्यान गघ प्रसिद्ध चित्रकार हुन् । डच नागरिक उनले निधन पछि मात्र प्रसिद्धि पाएका हुन् । अहिले उनको नाम टेलिभिजन, पुस्तक, कला लगायतका क्षेत्रमा सुन्न पाइन्छ ।

भिन्सेन्ट भ्यान गघ मानसिक रुपमा बिरामी भएका थिए । मानसिक रुपमा बिरामी हुनुको कारण करियर अस्थिरता, प्रेमसम्बन्ध नटिक्नु आदि थिए। ३७ वर्षको उमेरमा उनले आत्महत्या गरे ।

निधन हुनु भन्दा पहिले भिन्सेन्ट चित्र कोर्थे । तर चित्र नबिकेका कारण उनी असफल कलाकार ठहरिएका थिए । आलोचना सहेर पनि उनले आफ्नो कलाकारितालाई निरन्तरता दिइरहे । त्यसैले उनको निधन पछि उनका चित्रहरुको खोजी भयो, उनको कलाकारिता माथी अध्ययन भयो । अहिले भिन्सेन्ट भ्यान गघ बिना चित्रकारिताको विषय अधुरो मानिन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text