चौधौं दलाई लामा आध्यात्मिक गुरू हुन्। उनको जन्म ६ जुलाई, १९३५को उत्तर-पूर्वी तिब्बतको ताकस्तेर क्षेत्रमा येओमान परिवारमा भएको थियो। दुई वर्षको उमेरमा बालक ल्हामो धोण्डुपको पहिचान १३औं दलाई लामा थुप्तेन ग्यात्सोको अवतारको रूपमा गरियो। दलाई लामा एक मंगोलियाई पदवी हो जसको मतलब हुन्छ ज्ञानको महासागर र दलाई लामाको वंशज करूणा, अवलोकेतेश्वरको बुद्धको गुणहरूको साक्षात रूप भएको मानिन्छन्।

दलाई लामाका जीवनोपयोगी भनाइहरु

धैर्यताले तिमीलाई भित्रै देखि बलियो र आत्मविश्वासी बनाउँछ ।

याद राख कि, कहिलेकाहीं आफूले चाहेको कुरा नपाउनु पनि ठूलो भाग्यको रुपमा बदलिन्छ ।

जब तिमीले हार्छौ, त्यो हारले सिकाएको पाठलाई नबिर्स।

यदि तिमीलाई परिवर्तनको लागि आफू सानो छु भन्ने लाग्छ भने, केही छिन लामखुट्टे भएको ठाउँमा सुतेर हेर ।

जब मैले मेरा शत्रुहरुलाई साथी बनाएँ, तब मैले मेरा शत्रुहरु माथी जित हासिल गरें ।

तिम्रो अबको लक्ष्य अरुको भन्दा राम्रो हुनुपर्दैन । हिजोको तिम्रो लक्ष्यभन्दा राम्रो हुनुपर्छ ।

सक्छौ भने कसैलाई मद्दत गर । मद्दत गर्न सक्दैनौ भने पनि कसैलाई हानी नगर ।

आफैलाई जित्नु भनेको, युद्धमा सयौं योद्धासंग लडेर जित्नु भन्दा पनि ठूलो विजय हो ।

असली नायक त्यो हो, जसले आफू भित्रको रिस र घृणालाई जित्न सक्छ।

हाम्रो जीवनको उद्देश्य नै खुशी रहनु हो ।

मौन रहनु कहिलेकाहीं सबैभन्दा राम्रो उत्तर हो ।

तिमीले माया गर्ने व्यक्तिलाई उड्नको लागि पखेटा देऊ, फर्केर आउनको लागि जरा देऊ र सधै तिमीसंग रहिरहनको लागि केही कारण देऊ ।

यदि हामी आफू भित्र देखि शान्त छैनौं भने, संसारको जुनसुकै ठाउँमा पुगेपनि हामीलाई शान्ती मिल्दैन ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text