सोतन्त्र नेपाल/ देवदह

हामी गर्न सक्दैनौ यो म कदापि मान्न सक्दिन सत्य त यो हो कि हामी गर्न नै चाहदैनौ। यो हाम्रो आदत भैसक्यो सामाजिक सञ्जालबाट आदर्शका स्टाटस र कमेन्ट गरेर समाज र राष्ट्र परिवर्तनको अपेक्षा गर्ने तर जब पालो आउँछ परिवर्तनको त्यो हामी स्वयंलाई स्वीकार हुदैन। परिवर्तन सानो सानो कुराबाट गर्न सकिन्छ, आफुबाट, आफ्नो परिवारबाट र समाजबाट अनि राष्ट्र आफैमा परिवर्तन हुनेछ।

“यसलाई लेख भनेर होइन विचार भनेर पढिदिनु होला। “

पछिल्लो जनगणना अनुसार ३ करोड भन्दा धेरै जनसंख्या भएको देश नेपाल आफैमा एक स्वर्गीय देश हो । नेपाल कस्तो देश हो?, के छ? र के छैन? यो सब हामी सबैलाइ अवगत नै छ यो बयान गरेर मेरो समय खर्चिएर तपाईंको पनि खर्चिन चाहदिन। ३ करोड जनसंख्या भएको देशमा आज मात्र कति जनाको जन्मदिन पर्यो होला अनुमान गरौ त ? मेरो फेसबुक प्रोफाइल एकाउन्टमा जम्मा ३५४२ साथिहरु हुनुहुन्छ जसमध्ये नेपाली ३३५४ जना हुनुहुन्छ र यहि ३३५४ जना मध्ये आज मात्र ६ जनाको जन्मदिन परेको छ। मैले प्रत्येक दिन कम्तिमा एउटा जन्मदिनको नोटिफिकेसन पाउने गर्दछु। यहिबाट अनुमान लगाउन सकिन्छ आज मात्र हजारौको जन्मदिन परेको छ र हजारौ मध्ये सयौले केक काटेर, साथिभाइलाइ पार्टी दिएर, परिवार संग घुम्न गएर वा कसरी हुन्छ आजको दिनलाइ विशेष र यादगार बनाउने प्रयासमा हुनुहुन्छ। यी सबै क्रियाकलाप गरिरहदा आफ्नो जन्मदिनको दिनमा आफुलाइ, आफ्नो र भोलिको पुष्तालाइ उपाहार स्वरुप आफु वसोवास गरेको वा कुनै खुल्ला ठाउमा मात्र एउटा बिरुवा लगाइदिने हो भने सोच्नुस आज मात्र कती बिरुवा रोपिन सक्छ्न ? आफ्नो जन्मदिनमा एक बिरुवा लगाएर आगामी २ बर्षसम्म त्यो विरुवाको रेखदेख गर्न सक्ने भने शायद केही बर्ष मै हाम्रो वरपरका नाङ्गा भिर पाखा र उजाड बस्ती देख्न पर्ने छैन। बिरुवा लगाएर बिरुवाबाट के फाइदा हुन्छ यो सबैलाई थाहा छ कक्षा १ देखि नै पढ्दै र सुन्दै आएका छौ। आज मैले लेखेको यो विचार पनि पढ्न सक्ने मान्छेले मात्र पढ्नु हुनेछ जसले पढेको छैन उसले पढ्न सक्दैन पढेकाले नपढेकालाइ पढेर सुनाइदिनु होला र मैले लेख्न नचाहेका तर तपाईंलाई थाहा भएका बताइदिनु होला। बिरुवा लगाएर बिरुवाबाट के फाइदा हुन्छ त्यो तपाईंले थाहा पाइसक्नु भयो अब म तपाईंलाई बिरुवा लगाएपछि के फाइदा हुन्छ त्यो बताउन चाहन्छु । यो मेरो अनुसन्धान होइन विचार मात्र हो सहि लागे उपयोग गर्नु होला नत्र हावा विचार भनेर हासेर उढाइदिनु होला।

एउटा बिरुवा लगाएर त्यसलाई हुर्काउछु भनेर प्रण गर्नुस प्रत्येक दिन रेख्देख गर्नुस , मलजल गर्नुस अनि हुर्काउनुस। एउटा बिरुवा हुर्काइसक्दा तपाईंले त्यो बिरुवा हुर्काउन कती मेहनतको लगानी गर्नु भयो महशुस गर्नुस अनि एकपटक सम्झिनुस आफ्नो अभिभावलाइ कति लगानी रहेछ उहाहरुको हजुर माथी, यसबाट तपाईंलाइ जिम्मेवारी बोध हुन सक्छ ।

त्यो बिरुवा हुर्काइरहदा दैनिक मलजल गरिरहदा तपाईंमा एक प्रकारको आदत हुन जान्छ जसले गर्दा तपाईंलाई आफ्नो प्रणमा सधैं सफलता मिल्ने छ।

हामी आज छौ भोलि छैनौ तर त्यो बिरुवा तपाईंले बचाउन चाहे सम्म रहनेछ र तपाईं पछी पनि तपाईंको प्रतीक बनेर।

अरु धेरै फाइदाहरु छ्न एक बिरुवा पछाडी तर म यो भन्दा पछाडि के के फाइदाहरु छ्न लेख्न चाहिन किनकी तपाईंले यतिसम्म पढिसक्नु भयो भने अब आफै सोच्न थाल्नु भएको छ फाइदाहरु, यदि यतिसम्म पढ्नु भएको छैन भने धेरै लेखेर के फाइदा ? बुझाउन त्यसलाई पर्छ जो बुझ्न चाहन्छ।

मैले माथी नै उल्लेख गरिसकेको छु रातारात परिवर्तन गर्न सकिदैन, एक्लै दुनियाँ बदल्न हिडेर पनि हुने होइन तर स-सानो कुराबाट सबैले प्रयास गर्ने भने नहुने कहि छैन।

म संग सहमत हुनुहुन्छ भने आफ्नो जन्मदिन कुरेर नबस्नुस तपाईंको सामाजिक सञ्जाल र जिवनमा भएका साथिहरु मध्ये आजबाट जसजसको जन्मदिन पर्छ एक बिरुवा रोपेर आफ्नो जन्मदिनमा आफैलाइ जन्मदिनको उपहार दिन प्रेरित गर्नुस यदि सहमत हुनुहुन्न भने “धन्यवाद” व्यस्त समयका बाबजुद पनि पढिदिनु भएकोमा।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text