दैवको परिक्षा, म उतिर्ण हुन्छु
हजार पटकको हार, म अब जितिदिन्छु

एकान्तमा रोदन,
बाहिर म हाँसीदिन्छु ।
चिच्याउँछु, कराउँछु, छटपटीन्छु केही बेर।
तर, सम्हालेर आफूलाई सपनाको यात्री बन्छु

टाढा छ लक्ष्य, कठिन छ यात्रा,
आत्मविश्वासले म त्यहाँ, पुगिदिन्छु ।
सफलताको शिखर छ धेरै नै उच्च,
अब त अत्ति भो, म गगनै चुम्छु।।

तर सोचे भन्दा सबै उल्टो भयो भने?

मान्दिन हार म, गर्दिन आफ्नै हत्या
बरु सकिन भने फेरि सुरुवात गर्छु।
“ताते-ताते” एक पाइला गर्दै,
फेरि म त नयाँ लक्ष्य तोक्छु ।

सफलता भन्दा पहिले संघर्ष,
अब,आशाको घेरामा म आफ्ना दश नंग्रा घोट्छु।
थाहा छ मलाई उजाडेर आफनै घर, छोड्दैमा साथिभाइ,
म पाउदिन शान्ति, पुग्दिन स्वर्गमा ।
आत्महत्या गरेर, कायर मृत्युलाई समाई ।।
– गोपाल सुवेदी

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text