सीता आफ्नो करियर, सम्बन्ध, पढाइ आदिलाई लिएर निकै चिन्तित थिई । उसलाई समस्याले आफू थिचीइरहेको महसुस भइरहेको थियो । ऊ आफ्नो अगाडी बढ्ने बाटो पनि देख्दिनथी । त्यही तनावले घरमा पनि उसले झगडा गरिरहन्थी ।

सीताको बुवालाई छोरीको यो ताल देखेर निकै नराम्रो लाग्यो । एकदिन उनले छोरीलाई भान्सामा बोलाए । त्यसपछि आफूले एउटा भाँडोमा आलु र अण्डा उसिन्न राखे । छोरीलाई कफीका दाना दिएर कफी बनाउन लगाए । केही छिन पछि सबै पाक्यो । त्यसपछि उनले सीतालाई आलु र अण्डाको बोक्रा छोडाउन भनेर ती दुईको भिन्नता सोधे । आलुको बोक्रा छोडाइरहेकी सीताले जवाफ दिइ, ” आलु पहिले कडा थियो, उमालेपछि नरम भयो । अण्डा पहिले तरल जस्तै थियो, उमालेपछि कडा भयो “।

सीताका बुवाले कफी कपमा राख्दै भने , ” अनि यो कफी चाहिं पहिले केवल सानो दाना मात्र थियो । पानीमा उमालेपछि यसले पानीको रंग नै बदलिदियो । समस्या, अप्ठ्यारा परिस्थितिले पनि हामीलाई यसरि नै पकाइरहेका हुन्छन् , उमालीरहेका हुन्छन् । तिमी के बन्न चाहन्छ्यौ ? आलु, अण्डा या कफी ?”

हामीले हाम्रो समस्यालाई हावी हुन नदिई, त्यो कफी बनौं, जसले समस्यालाई नै हाम्रो रंगले रंगाईदिन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text