जेफ बेजस प्रसिद्ध व्यवसायी हुन्। विश्वका धनी व्यक्तिहरु मध्ये पर्ने उनी अनलाइन बजार एमाजोनका संस्थापक हुन्। हावर्ड बिजनेस रिभ्युले जेफलाई विश्वकै सबैभन्दा राम्रो सीइओमा दोस्रो स्थानमा राखेको थियो। फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको २०१९ को सूची अनुसार उनी विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको सम्पत्ति हाल १३१ बिलियन डलर छ।

गत सेप्टेम्बरमा जेफ बेजसले ‘इकोनोमिक क्लब अफ वाशिंगटन डिसी’ मा आफ्ना दैनिक बानीहरुको बारेमा बताएका थिए।

सफलताको लागि विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजसका दैनिक बानी

जेफ बेजस बिहान पत्रपत्रिका पढ्ने, सकेसम्म आफै पकाएर बिहानको नास्ता गर्ने र छोराछोरी स्कुल जाने समयसम्म उनीहरुसंग समय बिताउने गर्छन् । उनलाई यो समय रचनात्मक लाग्छ । त्यस्तै, बेजस घरमा खुशी हुन नसक्ने व्यक्ति बाहिर पनि खुशी हुन नसक्ने मान्छन् । त्यसैले उनी आफ्नो परिवार र सम्बन्धलाई महत्व दिन्छन् ।

बेजस राती अबेरसम्म काम गरेर व्यक्तिले धेरै काम गर्न सक्छ भन्नु भ्रम हो भन्छन् । सही निर्णय लिनको लागि, दिनभर आफ्नो काममा सक्रिय हुनको लागि र प्रभावकारी ढंगले काम गर्नको लागि उनी निन्द्रालाई महत्वपूर्ण मान्छन् । त्यसैले बेजस दैनिक आठ घण्टा सुत्ने गर्छन् ।

जेफ बेजसका अनुसार, बिहानमा दिमाग बढी सक्रिय हुन्छ । त्यसैले उनी चुनौतीपूर्ण, बढी सोंच्नुपर्ने र त्यो दिनको लागि सबैभन्दा गाह्रो काम बिहानमा गर्छन् । उनी १० बजे देखि आफ्नो काममा सक्रिय हुन्छन् ।

जेफ बेजस बेलुकाको समयमा थकान महसुस भएमा काममा लाग्दैनन् । बेलुका थकानमा गरिएको काम आफूले सोंचे जस्तो पूर्ण नहुने र काम सकेको भन्नको लागि मात्र हुने हुँदा उनी त्यो काम भोलीको समय तालिकामा मिलाउँछन् । उनी काम धेरै गर्नुभन्दा काम राम्रोसंग पूरा गर्नुलाई महत्व दिन्छन् ।

यो पनि पढ्नुहोस् :

जेफ बेजसका सफलताका ३ सुत्र

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text