चार्ल्स एम. सल्ज प्रसिद्ध कार्टुनिस्ट हुन् । सन् १९९२ नोभेम्बर २६ मा जन्मिएका उनले कार्टुनिस्टको रुपमा सफलता पाउनको लागि निकै मेहनत गर्नुपरेको थियो ।

चार्ल्स सानै देखि चित्र कोर्न मन पराउँथे। तर उनको कलाकारिता वास्ता गरिदिने, अगाडी बढाइदिने व्यक्ति थिएनन् । उनले पढ्ने स्कुलले वार्षिक पुस्तिका निकाल्ने गर्थ्यो, जसमा विद्यार्थीका रचनाहरु, चित्रहरु समावेश गरिन्थे । त्यसको लागि चार्ल्सले चित्र कोरेर दिए । तर, ती चित्र त्यो वार्षिक पुस्तिकाको लागि योग्य नभएको भन्दै प्रकाशित गरिएन ।

त्यसपछि पनि कार्टुन कोर्नेक्रममा धेरै पत्रिकासंग उनको सम्झौता रद्द भयो । तर चार्ल्सले आफ्नो रुचीलाई कहिल्यै त्यागेनन् । त्यसपछि उनले स्नूपी र चार्ली ब्राउन पात्र बनाएर पीनट्स कार्टुन बनाए । उक्त कार्टुनले एक वर्षमै १ बिलियन डलर भन्दा माथी कमाइ गर्यो । चार्ल्सको सफलता पछि उनले पढेको त्यो स्कुलले गर्वका साथ उनले बनाएको स्नूपी कार्टुनको मुर्ती नै बनाएर स्कुलमा राख्यो ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text