पाउलो कोएल्होको जन्म ब्राजिलमा भएको थियो । उनी स्कुल जीवनमा नै लेखन तर्फ अगाडी बढ्न चाहन्थे र भविष्यमा लेखक बन्ने सपना देख्थे । तर उनका आमा-बाबु भने उनलाई स्थायित्व दिने राम्रो कमाई भएको जागिर गरेको हेर्न चाहन्थे । यसै विषयलाई लिएर आमाबुवासंग भईरहने द्वन्दले गर्दा उनलाई मानसिक बिरामी बन्ने संकेत नै देखिएको थियो ।

स्कुलको शिक्षा सकिएपछि पाउलो कोएल्हो आमा बाबुको चाहना अनुसार कानून पढ्न युनिभर्सिटी भर्ना भए। तर उनको ध्यान पढाइमा केन्द्रित हुन सकेन । त्यसैले एक वर्षको लागि पढाइ छोडेर उनी दक्षिण अमेरिका, दक्षिण अफ्रिका र युरोप भ्रमणमा गए । त्यतिबेला उनी कुलतमा समेत फसिसकेका थिए।

यात्राबाट ब्राजिल फर्केपछि पाउलो कोएल्हो गीतकारको रुपमा काम गरे । त्यहाँको सरकारले उनलाई भड्काउ गीत लेखेको आरोपमा एकपटक पक्राउ समेत गरेको थियो  । त्यसपछि उनले पत्रकार , कलाकारको रुपमा पनि काम गरे जहाँ लेखन प्रतिको मात्र रुचिले गर्दा स्थायित्व दिन सकेनन् ।

पाउलो कोएल्होले सन् १९८२ मा पहिलोपटक “हेल आर्चिव्स” नामक पुस्तक लेखे । उक्त पुस्तक बजारमा नचलेपछि उनी दक्षिण स्पेनको यात्रामा निस्के । यो यात्राले उनलाई लेखन कार्य प्रति संवेदनशील बनायो ।

उक्त यात्रालाई समेटेर पाउलोले सन् १९८७ मा “द प्लिग्रिमेज” पुस्तक निकाले । उक्त पुस्तकले बजारमा स्थान पायो । त्यसपछि उनका पुस्तकहरुले संसारभर बजार लिन थाले ।

यो पनि पढ्नुहोस्

पाउलो कोएल्होका सफलताका सुत्र

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text