कामना न्यौपाने –

सपना देख्ने तिम्रा आँखाहरुका
जब परेली भिज्न थाल्छन्,
ती साहस र आत्मविश्वास
बिस्तारै भित्र गल्न थाल्छन् ।

झरी सम्झ, त्यो झरेको आँसु
हेर, जसरी बाहिर बर्सिरहेछ
पाखा, बिरुवा बनेका थिए उजाड,
हेर, त्यो वर्षाले सिंचाई गरिरहेछ ।

सिंचित गर त्यसरी नै तिमी
ती ठुटो बनेका साहस र आत्मविश्वास,
उठाउ, स्याहार गर, अङ्गाल तिमी
तिम्रा सपनाहरुलाई दिनुछ प्वाँख ।

अनि भोलि उठेर हेर्नु बाहिर तिमी
भरिदै हुनेछन्–ती उजाड पालुवा,
हटिसकेको हुनेछ आँखाको बादल
र,तिम्रो पीडा बनिसकेको हुनेछ–’साहस’ ।

हजुरहरु संग पनि कुनै रचनाहरु छन् भने हामीलाई पठाउनुहोस् । तर, ती रचनाहरु हाम्रो उद्देश्य अनुरुप समाजमा सकारात्मक सन्देश जाने वा प्रेरणादायी हुनुपर्नेछ । त्यस्ता रचनालाई हामीले उचित सम्मानका साथ प्रकाशित गर्नेछौँ ।
Email us: safalstories@gmail.com / info@safalstories.com. Or you may send us direct message to our Twitter Account or Facebook page.

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text