एकपटक एउटा गाउँमा दश वर्षको बच्चाको निधन भयो । उसकी आमा निकै रोइन् । सबैलाई लाग्यो कि, उनी दिन बित्दै जाँदा ठीक हुनेछिन् । तर उनले त छोराको शव नै नछोडी एकोहोरो रुँदै दुई दिन बिताईन् ।

कसैले सम्झाउँदा पनि केही नलागेपछि एक जना व्यक्तिले ती महिलालाई बुद्धकहाँ गए समयसा समाधान हुने बताए । त्यसपछि ती महिलाले छोराको शव नै बोकेर बुद्धकहाँ गइन् र बिलौना गर्न थालिन् । त्यसपछि बुद्धले ती महिलालाई भन्नुभयो, ” तिमीले एक मुठ्ठी तोरी ल्याउन सक्यौ भने मैले तिम्रो छोरा बचाइदिन सक्छु । तर त्यो तोरी तिमीले यस्तो घरबाट ल्याउनुपर्छ, जुन घरमा कहिल्यै कोही नमरेको होस् , कहिल्यै कोही रुनु नपरेको होस् ” ।

आफ्नो छोरालाई बचाइदिने सुनेपछि बुद्धको जयजयकार गर्दै ती महिला गाउँमा तोरी खोज्न गइन् । उनी आफ्नो गाउँ मात्र नभएर छिमेकी गाउँसम्म तोरी माग्न पुगीन् । तर उनले कुनै पनि यस्तो घर भेटीनन्, जहाँ कहिल्यै कोही नमरेको होस् र कहिल्यै कोही रुनु नपरेको होस् ।

थकित उनी बुद्धको सामु गएर भनिन् , ” हजुरले मलाई बुझाउन खोज्नुभएको कुरा मैले बुझें । सबैको घरमा कोही न कोही मरेको छ नै । सबैको जीवनमा दु:खका क्षण आएकाछन् । ” त्यसपछि बुद्धले भन्नुभयो, ” मृत्यु र दु:खसंग कोही पनि भाग्न सक्दैन । यदि व्यक्ति ती कुराबाट भाग्न खोज्छ, जीवनमा सुख र खुशी मात्र होस् भन्ने चाहन्छ भने ऊ झन् ठूलो दु:खमा धकेलिन्छ । “

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text