परमहंस योगानन्द भारतीय मुलका योगी तथा गुरु हुन् । उनले अध्यात्मा र योगाको बारेमा थुप्रै पश्चिमी मुलुकमा ज्ञान फैलाएका थिए । परमहंस योगानन्दले लेखेको आत्मकथा ‘ एक योगीको आत्मकथा’ बीसौं शताब्दीको उत्कृष्ट अध्यात्मिक पुस्तक मध्येको एक मानिन्छ see। उक्त पुस्तकले करोडौंको जीवन फ़ेरिदिएको विश्वास गरिन्छ र विश्वका विभिन्न भाषामा आजसम्म पनि प्रकाशित भइरहेको छ ।

परमहंस योगानन्दका जीवनोपयोगी भनाइहरु

सफलताको बीऊ छर्नको लागि असफलताको मौसम सबैभन्दा राम्रो मौसम हो ।

तिमी यो धर्तीमा रुनको लागि होइन, मनोरन्जन दिन र मनोरन्जन लिनको लागि आएका हौ ।

संसार परिवर्तन गर्ने आफ्नो कर्तव्य पूरा गर – आफूलाई परिवर्तन गर ।

तिम्रो जीवनमा आइरहेका परिक्षणहरु तिमीलाई सजाय दिलाउनको लागि आएका होइनन्, तिमीलाई जगाउनको लागि आएका हुन् ।

हरेक कुरामा सकारात्मक पक्ष हेर्न थाल्यौ भने, तिमीले सुन्दरताको अर्थ बुझ्नेछौ ।

तिम्रो व्यवहार र विचारको जिम्मेवार केवल तिमी हौ । तिमीलाई तिमी आफूले मात्र परिवर्तन गर्न सक्छौ ।

कुनै कुराबाट पनि सन्तुष्ट हुन नसक्ने व्यक्ति दास बन्छ ।

मेरो नजिक आउने व्यक्तिहरुको लागि म ऐना हूँ । उनीहरुको मनमा जे छ, मलाई उनीहरुले त्यही देख्छन् ।

सुरुमा हरेक कुरा एउटा विचारको रुपमा जन्मिन्छ ।

धर्मले हरेक प्राणीको खुशी चाहन्छ।

आफूलाई नढाँट । आफ्नो आत्मासंग इमान्दार भयौ भने तिमीले मनको शान्ती पाउनेछौ ।

तिमीले जे चाहन्छौ, त्यो नगर । त्यसपछि तिमीले जे गर्न मन पराउँछौ, त्यो गर्न थाल्नेछौ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text