क्रिस्टी ब्राउन कवि, लेखक तथा चित्रकार हुन् । सन् १९३२ मा आयरल्याण्डमा जन्मिएका उनी प्यारालाइसिसबाट ग्रसित थिए जसले गर्दा उनको देब्रे खुट्टा मात्र चल्थ्यो । उनले लेखेको पुस्तक विश्वकै सबैभन्दा बढी बिक्रि भएको पुस्तकमा पर्छ ।

क्रिस्टी ब्राउन शिशु अवस्थामा हुँदा नै पूर्ण रुपमा प्यारलाईसिसको शिकार भएका थिए । उनको शरीरको कुनै पनि भाग चल्दैनथ्यो, तर केही समयपछि उनको देब्रे खुट्टा चल्न थाल्यो । उनको जीवनभर त्यहि एउटा देब्रे खुट्टानै शरीरको चल्ने अंग भयो। शारीरिक रुपमा अपांगता भएका उनी मानसिक रुपमा पनि सुस्त देखिन्थे । त्यसैले परिवारले क्रिस्टीलाई डाक्टरकोमा देखाउन लगे । डाक्टरहरुले उनी मानसिक रुपमा पनि अपाङ्ग भएको ठहर गरे । तर उनकी आमाले उनलाई पूर्ण रुपमा दिमागको लागि तालिम दिँदै पढ्न र लेख्न सिकाईन् ।

किशोरावस्थामा क्रिस्टीले देब्रे खुट्टाले चित्र कोर्न सिके । उनले लेख्न र पढ्नमा रुचि देखाउँदै सिक्दै गए र धेरै भन्दा धेरै किताबहरु पढ्न थाले । किताबहरु पढ्दै जाँदा लेख्ने शक्तिको पनि विकास हुँदै गयो । उनले कविता तथा विभिन्न कथा र लेखहरु लेख्न थाले। कुनै समय डाक्टरले मानसिक रुपमा पनि रोगी भनेका उनको लेखन शैली शसक्त हुँदै गयो र प्रसिद्ध साहित्यकार बने ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text