‘खाली दिमाग सैतानको घर’ । तर, सधै भरि दिमाग भरिभराउ राख्नु पनि मन्द विष जस्तै हुन्छ । सफलता चाहने व्यक्तिले दिमाग खाली गर्न पनि सिक्नुपर्छ ।

हामीलाई हामीले आराम नगरेर लगातार काम गर्यौं भने सफल हुन सक्छौं भन्ने सोंच्छौ । तर यो मान्यता एकदमै गलत हो । दिमागलाई धेरै कुरा सोंच्न दिइरहनु, निरन्तर काम गरिरहनुले दिमाग थकित हुन्छ र हामीले गर्ने कामको पनि उत्पादनशीलता घट्छ। दिमागले निरन्तर दबाब महसुस गरिरह्यो भने हाम्रो सिर्जनात्मक क्षमतामा कमी आउंदै जान्छ । आराम बिना निरन्तर काम गर्यौं भने हामीले धेरै काम गरेको जस्तो देखिन्छ, तर वास्तवमा हामीमा जति काम गर्ने क्षमता र जति राम्रोसंग काम गर्ने क्षमता छ, हामीले त्यति गर्न सकिरहेका हुँदैनौं ।

सफल व्यक्तिहरुले आफ्नो दिमाग खाली गर्नको लागि पनि समय निकाल्ने गर्छन् । हप्ताको एक दिन सबै कामबाट बिदा लिनु, बिहानमा शारीरिक अभ्यास तथा योगा र ध्यान गर्नु, केही दिन कामबाट बिदा लिएर कतै भ्रमण निस्कनु, बेलुका दिमागले थकान महसुस गर्न थालेपछि सुत्न जानु र ८ घण्टा निदाउनु, यी सबै दिमाग खाली गर्ने तरिका हुन् । यसरि दिमाग खाली गरेर फेरी काममा फर्किंदा, दिमागको सिर्जनात्मक क्षमता बढ्छ, काममा उत्पादनशीलता बढ्छ ।

साना – साना कुराहरु दिमागमा खेलाएर दिमाग भर्नु हुँदैन । साना-तिना कुराहरुबाट टाढा रहन सकियो भने दिमाग र मन हलुका हुन्छ । यसले गर्दा सोंचमा , जीवनमा सकारात्मक परिवर्तन आउन थाल्छ । मानसिक रुपमा स्वस्थ रहन सकिन्छ ।

दिमागलाई खाली हुन नदिइ निरन्तर मेसिन जसरि काम गर्दै जाँदा दिमागको थकानले गर्दा हामीमा डिप्रेसन हुने सम्भावना समेत बढ्छ । केही समय दिमाग खाली राख्ने अभ्यासले हामीले मनमा शान्ती महसुस गर्छौं र आफ्नो लागि खुशी भेट्छौं । यसले हामीलाई डिप्रेसनबाट टाढा राख्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text