जेफ बेजस प्रसिद्ध व्यवसायी हुन्। विश्वका धनी व्यक्तिहरु मध्ये पर्ने उनी अनलाइन बजार एमाजोनका संस्थापक हुन्। हावर्ड बिजनेस रिभ्युले जेफलाई विश्वकै सबैभन्दा राम्रो सीइओमा दोस्रो स्थानमा राखेको थियो। फोर्ब्स म्यागजिनले हालै सार्वजनिक गरेको (२०१८) तथ्याङ्क अनुसार, उनी बिल गेट्सलाई पछि पार्दै, विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनको सम्पत्ति हाल ११२ बिलियन डलर छ।

जेफ बेजसका प्रेरक भनाइहरु

कडा मेहनत गर, रमाउन सिक र इतिहास रच ।

 

कम्पनीको ब्राण्ड भनेको व्यक्तिको इज्जत जस्तै हो । त्यसैले ब्राण्डलाई जोगाइराख्न सचेत बन ।

 

यदि तिमी कुनै कुरामा अडिग भएनौ भने, तिमीले सफलताको नजिक पुग्दापुग्दै हार मान्छौ । र, यदि तिमीले आफ्नो अडान नै छोडेनौ भने भित्तामा टाउको ठोकिरहेको हुनेछौ । त्यसैले आफ्नो निर्णायक क्षमतामा सुधार ल्याऊ ।

 

 

 

यदि तिमीले सफल हुने ‘ग्यारेन्टी’ भएका कामहरु मात्र गरिरहेका छौ भने, तिमीले आफ्नै अगाडीका धेरै अवसरहरु छोडिरहेका छौ ।

 

 

हामीले बाँच्ने उपाय होइन, अगाडी बढिरहने बाटो खोज्नुपर्छ ।

 

 

हाम्रो ग्राहक भनेका हाम्रा लागि पाहुनाहरु हुन् र हामी भनेको ती पाहुनालाई निम्ता गरेका व्यक्तिहरु हौँ । त्यसैले उनीहरुको सत्कार र खुशीमा कमी नहोस् भन्नका लागि हामी हरसम्भव प्रयास गर्छौं ।

 

 

धेरै जसो समय सही निर्णय लिनसक्ने ती व्यक्तिहरु हुन्, जसले परिस्थिति अनुसार आफूलाई बदल्न सक्छन् ।

 

 

 

हामी हाम्रो सेवा र ग्राहकमा केन्द्रित रहेको समयमा हाम्रा प्रतिस्पर्धीहरु हामीमा केन्द्रित रहे भने हामी सफल हुन्छौं ।

 

 

 

जीवन छोटो छ । केही पनि सिक्न नसकिने र अगाडी बढ्न सहयोग नहुने व्यक्तिहरुसंग समय खर्च नगर ।

 

यदि तिमी कसैले पनि आफ्नो आलोचना नगरोस् भन्ने चाहन्छौ भने नयाँ काम केही नगर ।

 

 

म चाहन्छु कि, म ८० वर्ष पुगेपछि आफ्नो विगत फर्केर हेर्दा मैले पश्चाताप गर्ने कुराहरु धेरै कम होउन् । त्यसैले म अहिले कुनै पनि अवसरलाई छोड्न चाहन्न ।

 

 

आफूलाई उत्सुकता जाग्ने कुरामा काम गर, आफूले गर्न चाहेको काममा लक्ष्य निर्धारण गर ।

 

 

आफ्नो ७० प्रतिशत समय काम गर्नमा लगाऊ र आफ्नो तथा कामको बारेमा बोल्नको लागि आफ्नो समयको ३० प्रतिशत मात्र देऊ ।

 

 

यदि तिमीलाई त्यो काम सफल हुन्छ नै भन्ने थाहा छ भने त्यो काम कुनै परिक्षण होइन ।

 

 

 

 

यो पनि पढ्नुहोस् :

सफलताको लागि विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजसका दैनिक बानी

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text