मलाई कति पनि हतार छैन

बिस्तारै-बिस्तारै हिड्नु छ
पार गर्नु छ
बिस्तारै
ती घुम्तीहरु
ती गोरेटाहरु
ती पहाडहरु

हतारमा दौडिदा
दोहोरिए पाइला भने
खाटा बस्नेछन् ,
हिलो माटोमा बसेका
छापसरि
नमेटिने गरि।

छाल आउँछन् तरल-तरल भइ
मनभरी, मुटुभरी ,
तर बोल्दैन्न, चिच्याउदैनन्
बगिरहन्छन-बगिरहन्छन् ,
आफ्नै सुरमा सुस्ताउदै खोलासरि
फिजाउदै रहरहरु बगरका
कुदिएका पत्थर सरि

छालहरु भन्छन्,
नसा-नसामा कुदेका रगतसरि
तातै भएर
भन्छन्,
” पर्ख न ! प्रत्येकको समय आउँछ,
बाटो बिरायो भने छाल
छाल होइन
आँधी बनेर आउछ
तिमी नचिच्याए पनि
त्यो कर्म आफै चिच्याउँछ
दिमागले आफै ताली बजाउँछ। ”

म त “मौन” छु साथी
सब कुराले उत्तर कहाँ चाहेको हुन्छ र?
प्रत्येक तालले नृत्य कहाँ मागेको हुन्छ र?
बजाउन जाने सुरसग
मादल गीत बिना नै मिठो लागीदिन्छ
आज खाली भए के भयो र ?
सङ्गित भर्नलाई गीतार बजाउन त
जानेकै हुनुपर्छ।

पर्खन अनि
साँझमा गुडको चरी सरि
फर्किन नि जानेको हुनुपर्छ।
फर्किएर नै सूर्यतिर
सुनौलो बनेको छ सूर्यमुखी।
फलेको हाँगा निहुरिएर नि
मीठो बनेको छ फलको प्रकृती।
“मौन” बसेर नै कैयौं मान्छे भन्दा
उच्च बनेको छ प्रकृति।

-दुर्गा खनाल

( तपाईंसंग पनि यस्तै लेख रचनाहरु छन् भने, हामीलाई पठाउन सक्नुहुनेछ । )

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text