हाम्रो आज हामीले हिजो लिएका निर्णय, हामीले हिजो छानेका रोजाइहरुमा भर पर्छ । त्यस्तै, हाम्रो भविष्य आजका हाम्रा निर्णय तथा रोजाइहरुमा भर पर्छ ।

निर्णय लिंदा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु

आफ्ना धेरै रोजाइ, चाहना, जिम्मेवारी र प्राथमिकताहरु हुने हुनाले हामी निर्णय लिंदा अलमलमा पर्ने गर्छौं । त्यसैले सबैभन्दा पहिले आफ्ना प्राथमिकताहरु छुट्टाउनुहोस् । कुन कुरा तपाईंको लागि सबैभन्दा महत्वपूर्ण छ, त्यो कुरालाई पहिलो प्राथमिकतामा राख्ने गर्नुहोस् । यसरि प्राथमिकताहरुलाई लेखेर नै मूल्यांकन गर्नुभयो भने तपाईंलाई निर्णय लिन सजिलो हुन्छ।

निर्णय लिंदा आफ्नो खुशी र आत्मसम्मानलाई पनि महत्व दिनुहोस् । आफ्नो खुशी र आत्मसम्मानलाई महत्व नदिई गरिएका निर्णयले जीवनमा पश्चाताप र निराशा ल्याइदिन सक्छन् ।

महत्वपूर्ण निर्णय लिंदा भावनामा बगेर र आवेगमा आएर निर्णय नलिनुहोस् ।  छोटो बाटो अपनाउने होडमा नलाग्नुहोस् । आफ्नो परिस्थिति, वर्तमान र भविष्य सबैलाई मूल्यांकन गर्नुहोस् । आफ्नो निर्णयका लागि सम्भावित विकल्पहरु बनाउनुहोस् । ती विकल्पहरुले कस्तो -कस्तो नतीजा ल्याउन सक्छन्, मूल्यांकन गर्नुहोस् र सबैभन्दा उत्कृष्ट नतीजा ल्याउन सक्ने विकल्पलाई छान्नुहोस् ।

तपाईं आज कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ र भोलीको लागि के चाहनुहुन्छ ? तपाईंले आज लिएको निर्णयले तपाईंको भोलिको लक्ष्य तथा योजनालाई कस्तो असर गर्छ भन्ने विचार गर्नुहोस् । तपाईंले हिजो र आज गरिरहेको कामले तपाईंको भोलीको लक्ष्य तथा योजनालाई सहयोग पुर्याइरहेको छ कि छैन ? यदि छैन भने, तपाईंले निर्णयलाई बदल्ने समय भएको छ कि ? सोंच्नुहोस् , विकल्पहरु बनाउनुहोस् र मूल्यांकन गर्नुहोस् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text