हामी सबैले सुखी जीवनको कल्पना गर्छौं । हामी चाहन्छौं कि, हाम्रो जीवनमा सधै सुख आओस् र दु:खको छायाँसम्म नपरोस् । तर, जीवन अर्थ त्यही सुख र दु:ख बीचको लुकामारीमा लुकेको हुन्छ । भनिन्छ नि, ” सुख र दु:ख जीवनका दुई पाटा हुन् । ” जब जीवनमा सुख मात्र भयो अर्थात एउटा पाटो मात्र भयो भने जीवन कसरि पूर्ण हुन्छ ?

दु:ख सम्बन्धि प्रसिद्ध भनाइहरु

हामीले दु:खलाई छेक्न बनाउने पर्खालहरुले खुशीलाई पनि टाढा बनाइदिन्छन् ।
– जिम रोन

 

जे गुमायौ, त्यो सम्झेर दुखी नबन । त्यो अरु कुनै रुपमा फेरी तिमीसंगै आउनेछ ।
– रुमी

 

 

जो तिम्रो लागि रुँदैन, उसको लागि तिमीले आफ्नो आँशु खर्च नगर ।
– लरेन कनर्याड

 

 

 

दु:ख भनेको दुई बगैंचा बीचको पर्खाल जस्तै हो । त्यसलाई पार नगरी तिमी एउटा बगैंचाबाट अर्को बगैंचामा जान सक्दैनौ ।
– खलिल जिब्रान

 

 

 

आँशु भनेको हाम्रो आत्माको लागि सुख्खायामको वर्षात जस्तै हो ।
– अल्फ्रेड अस्टिन

 

 

जब भ्रमको अन्त्य हुन्छ, हामी त्यतिबेला सबैभन्दा दुखी बन्छौं ।
– अर्थर कोस्टलर

 

 

तिमी आज अत्तालिएर भोलीको दु:खलाई कम गर्न सक्दैनौ । त्यसो गरेर तिमीले आज पाएको खुशीलाई पनि गुमाइरहेका हुन्छौ ।
– लिओ बस्काग्लिया

 

 

सबैभन्दा पहिले दु:खलाई अपनाउन सिक । दु:खसंग परिचित नहुँदै मिलेको विजयले धेरै खुशी दिन सक्दैन।
– एलिसा मिलानो

 

 

 

दुखी आत्माले रोगले भन्दा छिटो मार्न सक्छ ।
– जोन स्टेनबेक

 

 

यदि दु:ख हुँदैनथ्यो भने खुशीको पनि महत्व हुँदैनथ्यो ।
– कार्ल जंग

 

 

आँशु भनेका शब्दहरु हुन्, जसलाई लेख्न जरुरी छ ।
– पाउलो कोएल्हो

 

 

रुनु भनेको आफ्नो मन र दिमागलाई सफा बनाउनु हो ।
– डिओंने वार्विक

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text