ले ब्राउन अमेरिकी लेखक, रेडियो प्रस्तोता, टेलिभिजन प्रस्तोता, पूर्व राजनीतिज्ञ तथा प्रेरक वक्ता हुन् । यी बहुप्रतिभाशाली व्यक्ति सानो उमेरमा भने आफ्नो परिवार तथा समाजमा ‘लठेब्रो’को रुपमा चिनिन्थे ।

सानो उमेरमा ले ब्राउनले अरुले भनेको कुरा छिटो बुझ्दैनथे । स्कुलको रिजल्टमा पनि उनको प्राप्ताङ्क निकै कम हुने गर्थ्यो । घर तथा स्कुलमा उनलाई ‘दिमाग नभएको’, ‘लठेब्रो’, ‘सुस्त दिमागको’ आदि भनेर गिज्याइन्थ्यो । स्कुलमा ६ कक्षामा पुगेका उनलाई ६ कक्षाको पाठ्यक्रम बुझ्न नसक्ने भन्दै ५ कक्षामा झारिएको थियो । उनका दाइ भने पढाइ लगायत अतिरिक्त क्रियाकलापमा समेत निकै तेज थिए ।

ले ब्राउन मानिसहरुको अगाडी बोल्न डराउँथे, स्कुलमा सकेसम्म शिक्षकसंग नजिक हुँदैनथे । किनकी उनलाई साँच्चै नै आफू लठेब्रो छु र केही पनि जान्दिन भन्ने लाग्थ्यो ।

कक्षामा एक दिन शिक्षकले उनलाई कालोपाटीमा एउटा हिसाब गर्नको लागि अगाडी बोलाए । तर उनी चुप लागेर यत्तिकै उभिरहे, अगाडी आउन मानेनन्। त्यसपछि शिक्षकले त्यसको कारण सोधे । डराउँदै ब्राउनले जवाफ दिए, ” म सुस्त दिमागको छु। म केही पनि जान्दिन । ” सबै विद्यार्थी गलल्ल हाँसे ।

शिक्षक अचम्म परे । त्यसपछि ती शिक्षकले ब्राउनलाई आफ्नो अनुहारमा, आँखामा सिधा हेर्न लगाए र भने , ” तिमी को हौ र तिम्रो क्षमता के हो भन्ने कुरा अरुले तिमीलाई भन्ने होइन । तिमीले अरुलाई देखाउने हो । अरुले तिम्रो मूल्यांकन जसरि गर्छन् , त्यसलाई आफ्नो परिचय बन्न नदेऊ । तिमीमा अद्भुद क्षमता छ, त्यसलाई बाहिर निकाल । तिमी सक्छौ । ”

त्यो दिनको कक्षा पछि ले ब्राउनमा आत्मविश्वास आयो । उनलाई आमाबाट पनि साथ र हौसला मिल्यो । त्यसपछि उनी आफ्नो जीवनमा निरन्तर अगाडी बढिरहे ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text