संसारका हरेक व्यक्तिमा फरक–फरक खालको स्वभाव हुन्छ । कसैको स्वभाव सकारात्मक सोंचले प्रभावित भएको हुन्छ भने कसैको नकारात्मक सोंचले प्रभावित भएको हुन्छ । कसैले अरुलाई हौसला प्रदान गर्दछन् भने कोही अरुको डाहा गर्ने खालका हुन्छन् , जो आफू पनि केही नगर्ने र अरुलाई पनि हतोत्साहित पार्न मानै तल्लीन हुन्छन् । कतिपय व्यक्तिहरु यस्ता पनि छन् जो अरुले राम्रो कार्य गर्दछ र आफू भन्दा अगाडी बढ्छ भन्ने डाहाले तँ यो काम नगर, तँ यो काम गर्न सक्दैनस् जस्ता बिभिन्न थरीका नकारात्मक कुरा गरेर अरुले गर्न लागेको कार्यलाई पनि भाड्ने खालका हुन्छन् ।
हामीले कुनै पनि कार्य गर्ने क्रममा हाम्रा साथीभाई तथा इष्टमित्र संग सल्लाह तथा सुझाव लिनु पर्दछ तर अरुले दिने सल्लाह, सुझाबलाई हामीले केबल सुझाबको रुपमा मात्र लिनु पर्दछ अन्तिम निर्णयको रुपमा लिनु हुदैन । अरुले दिएको सुझाबलाई राम्ररी मुल्यांकन गरी के ठिक हो के बेठिक हो आफैले मनन गरी आफूलाई उपयुक्त लागेमा मात्र हामीले उक्त सुझावलाई कार्यमा परिणत गर्नुपर्दछ । राम्रो तथा नराम्रो के हो हामी आफैले छुट्टाउन सक्नु पर्दछ । हामी कहिल्यै पनि हरेक कुरामा अरुमा परनिर्भर बन्न हुदैन । यदि हामी अरुमा परनिर्भर बन्न थाल्यौ भने अरुले हामीलाई कसरी लडाउने र आफू त्यो भन्दा अगाडी जाने भनेर मौका हेरेर बसेका हुन्छन् । हामीले सम्पूर्ण कुराको सहि तथा गलत के हो भन्ने अरुमा परनिर्भर नभई स्वविवेकले निर्णय लिन सक्नुपर्दछ । यदि हामीले सहि तथा गलत के हो छुट्टाउन सकेनौं भने त्यसबाट सिर्जित सम्पूर्ण क्षति व्यहोर्नु पर्दछ र हामीलाई भविष्यमा त्यसको पश्चातापले सताउनेछ ।
अरुले हामीलाई तँ यो काम नगर भन्दैमा हामीले मानेर कहिल्यौ पनि बस्न हुँदैन । एउटा भनाई छ “जुन बाटो कठिन र गाह्रो छ त्यो बाटो हिड्नु पर्दछ। सजिलो बाटोमा सबै हिड्दछन् र त बढी भिडभाड हुन्छ” यस भनाईमा कठिन बाटोमा कम मानिसहरु हिड्न त्यसैले शान्त तथ सफा हुन्छ त्यसैले जुन बाटो बरु गाह्रो नै किन नहोस् हामी शान्त तथा सफा बाटोनै हिड्ने गर्नुपर्दछ । साथै हामीले कार्य गर्दा पनि अरुले गाह्रो भनेर छोडेको कार्य गर्नुपर्दछ । यसबाट हामीलाई सन्तुष्टि तथा हौसला समेत प्राप्त हुन्छ । सुरुमा काम गर्दा कठिनाई भएतापनि पछि उक्त कार्यबाट हामीलाई आत्मसन्तुष्टि प्राप्त हुन्छ । त्यसैले हामीले जुनसुकै कार्य गर्दा पनि यो काम गाह्रो छ, यो काम म गर्न सक्दिन भनेर कहिल्यौ पनि पछि हट्नु हुदैन । वास्तविक आनन्द त त्यो बेला आउछ जुन बेला हामीले अरुले गर्न सक्दिन भनेर छोडेको काम सम्पन्न गरेर देखाउछौ ।
हामीले जुनसुकै कार्य गर्दा पनि आफ्नो भित्री मनबाट नै म यो काम गर्दछु, जस्तो सुकै गाह्रो तथा कठिन किन नहोस् म यो काम पूरा गरेरै छाड्छु भन्ने दृढ संकल्प लिई कार्य गर्न थाल्यौ भने हामीले जस्तो सुकै कठिन काम पनि सजिलै सम्पन्न गर्न सक्दछौ । हामीमा कार्य प्रतिको लगाव तथा विश्वास छ भने अरुले हाम्रो काम तथा हाम्रो बारेमा जे सुकै भने पनि केहि फरक पर्दैन ।
-स्वस्थानी न्यौपाने
( तपाईंसंग पनि यस्तै लेख रचनाहरु छन् भने हामीलाई पठाउन सक्नुहुनेछ । )