“मानिस महान उसको कार्यले बन्छ, जन्मले होईन “

परिचय

चाणक्य दार्शनिकको रुपमा प्रख्यात छन् । विशेष गरि उनका भनाईहरु धेरैका लागि प्रेरणाका स्रोत बनिरहेका छन् । उनि अर्थशास्त्री समेत हुन् । चाणक्यको जन्म ३७१ बिसीमा भारतमा भएको थियो ।

प्रारम्भिक जीवन

चाणक्य गोलला क्षेत्रमा जन्मिएका थिए । उनले पूरानो भारतको उत्तर पूर्वी क्षेत्रमा रहेको तक्षशिलाबाट शिक्षा आर्जन गरेका थिए। उनि पढाइमा अब्बल मानिन्थे र राजनीतिशास्त्र, औषधि उपचार, खगोल शास्त्र, अर्थशास्त्र, युद्धकला आदि विषयमा विशेष दक्षता राख्थे। ग्रिक दर्शन र वेदको उनले विशेष अध्ययन गरेका थिए। आफ्नो पढाई सकेपछि उनले तक्षशिलामा नै राजनीतिशास्त्र र अर्थशास्त्र पढाउन थाले ।

दार्शनिक यात्रा

चाणक्यको नन्द राजकुलका राजा धना नन्दसंग चिनजान भयो र राजा धना नन्दले चाणक्यप्रति हेपाहा प्रवृत्ति देखाए । यसबाट दु:खी बनेका चाणक्यले ती राजाको राज्य ढलाउने संकल्प लिए । चाणक्यले आफ्नो संकल्पलाई सफल पार्ने तरिकाहरु खोज्न थाले । उनले चन्द्रगुप्तलाई भेटे र दुई जनाले यस कार्यमा अरुको राय र सहयोग लिई अघि बढ्न थाले । बौद्धिक र कुटनीतिक रुपले बलिया चाणक्यले अपनाएका युद्ध रणनीतिहरुले धना नन्दको राज्य ढल्यो । त्यसपछि उनको ठाउँमा चंद्रगुप्ताले राज्य गर्न थाले भने चाणक्य उनको राजनीतिक सल्लाहाकार बनेर रहे । चाणक्यले दिएका कुटनीतिक, राजनीतिक र युद्धका रणनीतिहरुले गर्दा नै चंद्रगुप्ता शक्तिशाली शासकको रुपमा चिनीए ।

सोही क्रममा चाणक्यले ‘अर्थशास्त्र’ नामक एक दस्तावेज लेखे जसमा राजालाई राज्यमा शासन गर्न चाहिने राजनीतिक ज्ञान, सैन्य ज्ञान, सामाजिक कल्याण ज्ञान लगायतका महत्त्वपूर्ण विषयहरु समावेश गरिएको थियो । जैन लेखमा उल्लेख गरीए अनुसार चाणक्यले शत्रुबाट विष सेवन गराउने षड्यन्त्र हुन सक्ने हुनाले चन्द्रगुप्ताको बिष पाचन शक्ति बढाउन उनको खानामा सधै थोरै मात्रामा विष मिसाईदिने गर्थे । जुन कुरा चंद्रगुप्तालाई थाहा थिएन। त्यसैले उनले एक दिन आफ्नी गर्भवती श्रीमती संग आफ्नो भागको खाना बाढेर खाए । खानामा भएको विषको असरले उनकी श्रीमतीको त्यहीं निधन भयो । रानीको पेट चिरेर गर्भमा भएको बच्चालाई चाणक्यले नै बचाएका थिए जसको नाम “बिन्दुसरा” राखियो । चाणक्य केहि वर्ष बिन्दुसराको पनि सल्लाहाकारको रुपमा रहेका थिए ।

सफलता

चाणक्यलाई भारतमा रानजीतिशास्त्र र अर्थशास्त्रको विकासका गुरु मानिन्छ । उनले प्रस्तुत गरेका नैतिक तथा दार्शनिक शिक्षाहरुलाई आज पनि महत्त्वपूर्ण मानिन्छ । चाणक्यले लेखेको “अर्थशास्त्र” ले राज्य संचालन गर्ने हरुको लागि सम्पूर्ण ज्ञान दियो। उनको नाममा थुप्रै चलचित्रहरु र किताबहरु निकालिएका छन्
। भारतका धेरै संस्था तथा ठाउँहरु उनको नामबाट नामाकरण गरिएको छ ।

संसारका जति पनि प्रख्यात, महान व्यक्तिहरु छन् वा अहिले तपाईंले यहाँ पढिरहेका व्यक्तिहरु कोही पनि जन्म पछि नै वा कुनै पनि प्रयास बिना सफल भएका होईनन्। मानिस सफल हुनको लागि वा जीवन सार्थक बनाउनको लागि कामको सुरुवात, संघर्ष र निरन्तरता आवश्यक छ । याद गर्नुहोस् त, तपाईंले पढिरहेका यी सफलताका कथाहरुमा काम र संघर्ष लेखिएका अनुच्छेदहरु धेरै छन् र संसार सफलता थोरै लाइनमा टुंगिएको छ जसले संसार हल्लाएको छ ।

” शक्तिशाली दिमागलाई कसैले पनि पराजित गर्न सक्दैन “

साहस, काममा लगाव र सकारात्मक विचारहरुले नै दिमागलाई बलियो बनाउँछन् । प्रयासहरु असफल हुन सक्छन् तर ती असफलताले तपाईंको दिमागको शक्तिलाई कमजोर बनाउनुभएन भने कुनै पनि समयको असफलता तथा संसारको कुनैपनि व्यक्तिले तपाईंलाई पराजित गर्न सक्दैन । त्यहि शक्तिशाली दिमागले गर्दा नै त चाणक्यले हाम्रो दिमागमा यतिबेला शक्ति भरिदिदै छन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text