योको अनो प्रसिद्ध गायिका, अभिनेत्री, गीतकार तथा अधिकारकर्मी हुन् । अंग्रेजी र जापानी भाषामा प्रस्तुति दिने उनी चलचित्र निर्माणमा पनि आफ्नो स्थान बनाएकी व्यक्तित्व हुन् । उनको जन्म सन् १९३३ फेब्रुअरी १८ मा भएको थियो ।

हरेक दिन बिहान एक पटक ऐना हेरेर मुस्कुराऊ । तिमीले आफ्नो जीवनमा ठूलो परिवर्तन महसुस गर्न थाल्नेछौ ।

मलाई जीवनमा ठूलो पश्चाताप यो लाग्छ कि, मैले थोरै मानिसहरुप्रति मात्र मेरो माया देखाएँ ।

हाम्रो जीवनको हरेक क्षण एउटा जादु हो ।

जीवनमा तिमीलाई कुन-कुन कुरा देखि डर लाग्छ, कागजमा लेख । त्यो कागजलाई जलाइदेऊ र बलिरहेको आगोमा सुगन्धित तेल छर्किएर वासना लेऊ ।

ऐना फुटायौ भने काट्ने काँच बन्छ, एउटा लठ्ठीलाई मायाले सिङ्गार्यौ भने बाँसुरी बन्छ ।

जब तिमीले दु:ख र अप्ठ्यारो परिस्थितिको सामना गर्छौ, तिमी सिर्जनशील बन्छौ । र, त्यसले तिम्रो पीडा र नकारात्मक सोंचलाई जितिदिन्छ।

संसार परिवर्तन गर्नको लागि तिमी अरु कोही बन्नु आवश्यक छैन । तिमी आफू जो हौ, त्यो बन ।

हरेक परिस्थितिको सामना गर्दै अगाडी बढ्नको लागि आफैले आफूलाई विश्वास गर्न जरुरी छ ।

समुद्रमा पानीको प्रत्येक थोपाले महत्व राख्छ ।

जब तिमी सकारात्मक सोंच राख्छौ, आफ्नो वरिपरिका मानिसहरुलाई पनि सकारात्मक ऊर्जा दिइरहेका हुन्छौ ।

तिम्रो जीवनमा कठीन परिस्थिति आउँछ भने, त्यसमै नहराऊ । त्यसको सकारात्मक पक्ष खोज ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text