रोबट कियोसकी प्रसिद्ध उद्यमी, लगानीकर्ता तथा लेखक हुन् । उनको पुस्तक ‘Rich Dad Poor Dad’ विश्व प्रसिद्ध पुस्तकहरुमध्ये एक हो । उक्त पुस्तक विश्वका ५१ भन्दा बढी भाषामा अनुवाद गरिएको छ । कियोसकीको ‘रिच ड्याड’ नामक कम्पनी छ, जसले सानो देखि ठूलो उमेर सम्मकालाई अर्थ सम्बन्धि कुराहरु सिकाउँछ ।
कियोसकी सफलताको यो ठाउँसम्म असफलताका घुम्तीहरु पार गर्दै आएका हुन् । सन् १९७७ मा ३० वर्षको उमेरमा नै कियोसकीले वालेट उत्पादन सम्बन्धिको कम्पनी स्थापना गरे । बजारको प्रतिस्पर्धा तथा विभिन्न कारणले उनको कम्पनी घाटामा गयो र कंगाल बनायो । त्यसपछि ३३ वर्षको उमेरमा उनले टिसर्ट, टोपी बेच्ने कम्पनी स्थापना गरे । तर, त्यो कम्पनी पनि कंगाल भयो ।
३८ वर्षको उमेरमा सन् १९८५ मा कियोसकीले अर्थ सम्बन्धि शिक्षा दिने कम्पनी खोले तर ४७ वर्षको उमेरमा त्यो कम्पनी पनि बेचे । त्यसपछि उनले लगानी गर्ने र लेखन गर्न थाले । ५० वर्षको उमेरमा उनले ‘रिच ड्याड पुवर ड्याड’ लेखे, जुन विश्वभर फैलियो ।
Photo Source : The Hacker Street