ले ब्राउन अमेरिकी लेखक, रेडियो प्रस्तोता, टेलिभिजन प्रस्तोता, पूर्व राजनीतिज्ञ तथा प्रेरक वक्ता हुन् । यी बहुप्रतिभाशाली व्यक्ति सानो उमेरमा भने आफ्नो परिवार तथा समाजमा ‘लठेब्रो’को रुपमा चिनिन्थे ।

तिमी फरक छौ । आफ्नो त्यो फरकपन भित्र रहेको विशेषता खोज । अरुको पछाडी नलाग । हरेक व्यक्तिको विशेषता फरक – फरक हुन्छ । अरुको पछाडी लाग्ने व्यक्तिले आफ्नो विशेषता चिन्न नसक्दा आफूलाई नै गुमाइरहेको हुन्छ ।

जति सक्छौ व्यस्त बन । व्यस्त दिमागले उत्पादनशील सोंचहरु जन्माउँछ । कडा मिहिनेत गर्न प्रेरित गर्छ । र, तिमीलाई सिर्जनशील बनाउँछ ।

आफ्नो जीवनको जिम्मेवारी आफूले लेऊ । आत्मनिर्भर बन । अरुलाई दोष दिन छोड । गल्ती स्वीकार गर्ने र त्यसबाट सिक्ने बानी बसाल ।

तिमीलाई कुनै कुरा राम्रो लागेको छैन भने राम्रो लागेको छैन भन्ने हिम्मत गर । अरुले के भन्लान् भन्ने सोंच्दा सोंच्दै आफूलाई बलि नचढाउ ।

कसैले तिमीलाई ‘तँ राम्रो छैनस्’ भन्छ भने, आफूलाई कुरुप नठान । त्यो त केवल उसको तर्क हो । आफू जो हौ त्यो बन र आफ्नो लक्ष्यमा अडिग बन ।

केही काम गर्दै छौ भने त्यसमा पूर्ण ध्यान देऊ । त्यसमा दत्तचित्त भएर लाग । अनि मात्र तिमीले राम्रो नतिजा पाउन सक्छौ ।

आफ्नो काममा कसरि फरकपन ल्याउने भन्नेमा ध्यान देऊ । आफ्नो काममा नयाँ-नयाँ सिर्जनाहरु थप्दै जाऊ । यसको लागि हरेक दिन आफूले केही नयाँ कुरा सिक्ने प्रयत्न गर ।

यो पनि पढ्नुहोस् :

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text