वारेन बफेट विश्वका सबैभन्दा सफल र धनी व्यक्तिको सूचीमा आउने गर्छन् । वर्कशेर हाथ्वे नामक बहुराष्ट्रिय कम्पनीका सीईओ तथा सबैभन्दा बढी शेयर भएका वारेनको जन्म सन् १९३० अगस्ट ३० मा भएको थियो ।

पैसा बचत तथा लगानीको लागि वारेन बफेटका ५ टिप्स : 

खर्च गरेर बचेको पैसा बचत गर्ने बानी छोड । बचत गरेर बचेको पैसा मात्र खर्च गर्ने बानी बसाल।

यदि आफूलाई आवश्यकता नभएको सामान पनि किन्ने तिम्रो बानी छ भने, याद गर तिमीले आफूलाई आवश्यकता भएको सामान नै बेच्नुपर्ने दिन आउन सक्छ ।

एउटा स्रोतबाट आउने आम्दानीमा मात्र निर्भर नबन । जागिर गर्दैछौ भने केही आफ्नो काम पनि गर । भविष्यमा सुतेर पनि पैसा आउन सक्ने काममा अहिलेको आफ्नो समय लगानी गर ।

जोखिम नउठाइ सफल भइदैन । तर दुवै खुट्टाले नदीको गहिराइ नाप्न खोज्यौ भने तिमी डुब्छौ । पहिले एउटा खुट्टाले मात्र गहिराइ नाप र त्यही अनुसार आफ्नो दोस्रो खुट्टा राख ।

आफ्नो सबै पैसा एउटा ठाउँमा मात्र लगानी नगर ।

यो पनि पढ्नुहोस् : 

http://safalstories.com/archives/4945

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text