सामान्य जीवन मात्र बिताउने चाहना हामीहरु प्राय: को हुँदैन । हामीले सधै कुनै न कुनै सपना बुनिरहेका हुन्छौं । तर ती सपनाहरु विभिन्न कारणवस हाम्रो दिमाग भित्रै अल्झिरहेका हुन्छन् । ती सपनाहरुलाई उल्झनबाट फुकाएर बाहिर निकाल्नको लागि सफल व्यक्तित्वहरुका संघर्ष र भोगाइका कथाहरुले सघाउन सक्छन् । यहाँ त्यस्तै भोगाइबाट आएका केही भनाइहरु समावेश गरिएको छ :

” आलोचनाबाट बच्ने उपाय हो, केही नगर्नु , केही नभन्नु र केही नबन्नु । “एरिसटोटल

 

” जसले मलाई सहयोग गरेनन्, म उनीहरुप्रति कृतज्ञ छु, उनीहरुको कारणले नै मैले आफैले काम गर्न जानें ।”अल्बर्ट आइन्स्टाइन

 

” हाम्रो भविष्य हामीले आज गर्दै गरेको काममा निर्भर रहन्छ ।”महात्मा गान्धी

 

” कुनै समय पनि तिमी नर्भस हुँदैनौ भने तिमी मानिस नै होइनौ ।”सिड्नी क्रोस्ब्य

 

” आफ्ना असफलता देखि नपछुताऊ, प्रयास गर्न छुटेका अवसरहरु देखि पछुताऊ ।”ज्याक क्यान्फिल्ड

 

” दिनको एकपटक तिमीलाई डर लाग्ने काम गर ।”एलेनोर रुजवेल्ट

 

” तिम्रो समय एकदमै छोटो छ, त्यसैले आफ्नो समयमा अरुको जिन्दगि बाँच्न छोडीदेऊ ।”स्टिभ जब्स

 

” मोती समुद्रको किनारमा भेटिदैनन्, मोती टिप्नु छ भने समुद्र भित्र डुब्नु नै पर्छ ।”चिनिया भनाई

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text