सफोक्लेस प्रसिद्ध ग्रीक नाटककार हुन् । उनको जन्म ४९६ बि.सीमा भएको थियो । एथेन्समा उनी ५० वर्षसम्म सबैभन्दा लोकप्रिय र उत्कृष्ट नाटककार मानिएका थिए ।

सफोक्लेसका जीवनोपयोगी भनाइहरु :

तिमी तनाव नभएको सुखी जीवन चाहन्छौ भने , केही सोंच्न नै छोडीदेऊ ।

सम्पत्तिको तौल भन्दा सधै बुद्धिको तौल गह्रौं हुन्छ ।

जीवनमा सबैभन्दा ठूला दु:खहरु हामीले हाम्रै कारणले निम्त्याइरहेका हुन्छौं ।

खराब सल्लाहभन्दा ठूलो शत्रु अरु केही पनि हुँदैन ।

जसले आफ्नो निर्णयलाई फेरिरहन्छन्, उनीहरु असुरक्षित हुन्छन् ।

हरेक व्यक्तिले गल्ती गर्छ । तर, त्यो व्यक्ति बुद्धिमान हो जसले आफ्नो गल्तीलाई स्वीकार्छ र सच्याउँछ ।

उत्साह नै नभएको मान्छेलाई भाग्यले पनि साथ दिंदैन ।

राम्रो साथीबाट टाढा हुनु भनेको आफ्नो राम्रो जीवन त्याग्नु जस्तै हो ।

यदि व्यक्तिमा डर भरिएको छ भने, उसले हरेक कुरामा सरसराहट सुन्छ ।

दिन कति भव्य भयो भनेर बुझ्नको लागि साँझलाई पर्खनुपर्छ ।

कसैलाई छलेर जित्नुभन्दा इमान्दारिताका साथ हार्नु राम्रो हो । छलेर मिलेको जितले क्षणिक खुशी दिन्छ ।

जसले खोज्छ, उसले नै भेट्छ ।

विश्वास मर्छ, तर विश्वासघात फैलिन्छ ।

बुद्धि र ज्ञान भरिएको दिमागले थोरै मात्र शब्द बोल्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text