सफलता लक्ष्य निर्धारण, कामको सुरुवात, कडा मिहिनेत र लगनशीलताको नतिजा हो । लगनशीलता हुँदा हुँदै पनि असफलताहरु आउन सक्छन् । तर ती असफलता पनि सफलतासम्म पुग्ने सिंढीहरु हुन् । त्यसैले हार नमान्नुहोस्, हरेश नखानुहोस् ।
सफलता प्राप्त गर्न चाहनेहरुका लागि ऊर्जा दिने प्रेरक १० भनाइहरु :
लक्ष्य बिना केही पनि सुरु गर्न सकिँदैन । काम बिना केही पनि हासिल गर्न सकिँदैन ।
- राल्फ वाल्डो एमर्सन
आफूमा विश्वास गर । तिमी तिमीले सोंचे भन्दा बढी साहसी छौ, तिमीलाई थाहा भएभन्दा बढी प्रतिभावान छौ र तिमीले कल्पना गरेभन्दा बढी योग्य छौ ।
- रोय टि. बेनेट
यसरि दिन बिताऊ कि, बेलुकापख सम्झिँदा कुनै बाहना र पश्चाताप नहोउन् ।
- स्टिभ मार्बोली
दिमागले जुन कुरामा विश्वास गर्छ, तिमीले त्यो कुरा प्राप्त गरेरै छोड्छौ ।
- नेपोलियन हिल
यदि कुखुराहरुको संगत गर्यौ भने, कराउंदै जमिनमा भौतारिन सिक्नेछौ । यदि चिलहरुको संगत गर्यौ भने शान्त रहेर उचाइमा उड्न सिक्नेछौ ।
- स्टिभ मर्बोली
कामले सधै खुशी दिन सक्दैन । तर काम बिना खुशी पनि मिल्दैन ।
- विलियम जेम्स
जुन व्यक्तिले अरुले अर्थहीन देख्ने कुरामा अर्थ भेट्छ, त्यही व्यक्तिले असम्भव कुराहरु प्राप्त गर्न सक्छ ।
- मिगेल दि उनमुनो
काम सजिलो भएको भए हुन्थ्यो नभन, मैले अझै जानेको भए हुन्थ्यो भन ।
- जिम रोन
म मेरो विगतको रङ्गले मेरो भविष्य रङ्गाउन दिन्न ।
- जुली कागावा
असफलतासंग डराउनु र लक्ष्य सानो राख्नु पनि एक किसिमको अपराध नै हो ।
- ब्रुस ली