स्टिभ माराबोली अमेरिकी प्रसिद्ध प्रेरक वक्ता, संचारकर्मी तथा लेखक हुन् । उनको जन्म सन् १९७५ अप्रिल १८ मा भएको थियो ।

स्टिभ माराबोलीका प्रेरक भनाइहरु :
लक्ष्य, दृष्टिकोण, खुशी, साम्मान, आत्मसम्मान सबै तिम्रा रोजाइका नतीजा हुन् । त्यसैले तिमीले जीवनमा जे रोज्छौ, विचार गरेर रोज ।
जिन्दगी बित्दै जाँदा सजिलो हुने होइन । अनुभवहरुले बलियो बनाउंदै लैजाने हुनाले हामीलाई सजिलो लाग्दै जाने हो ।
समस्या नै भएन भने खुशी हुन्छ भन्ने गलत हो । खुशी त तिमीले समस्यालाई कसरि लिन्छौ भन्ने कुरामा भर पर्छ ।
कुरा र प्रतिबद्धताभन्दा बढी काम गर ।
थोरै मानिसले मात्र आफ्नो सपनालाई पछ्याउने हिम्मत गर्छन् र तिमी ती थोरै मान्छे मध्येमा पर्नुपर्छ ।
जब मैले आफूलाई माया गर्छु, अरुले मलाई माया गर्लान् कि नगर्लान् भन्ने तनावबाट म मुक्त हुन्छु ।
‘हिजो’ले तिमीलाई छोडेर गइसक्यो । तिमीले पनि त्यसलाई बिर्सिदेऊ ।
यदि तिमी सकारात्मक सोंचका साथ सुन्दर तरिकाले बाँचिरहेका छौ भने, तिमीले धेरै व्यक्तिहरुलाई सकारात्मक जीवन जिउनको लागि प्रेरित गरिरहेका छौ ।
अवरोधहरुलाई अवसरमा र समस्याहरुलाई सम्भावनाहरुमा बदल ।
आफ्नो मनमा आफ्नै धुनको यस्तो गीत गुञ्जाऊ की, कसैले तिमीलाई चुप बनाउन नसकोस् ।
यदि तिमी अरुले भरिदिएको इन्धनमा जिन्दगीको यात्रा गर्दैछौ भने याद गर, इन्धन बीच बाटोमा सकिनेछ र तिमी अलपत्र पर्नेछौ ।
तिमीलाई भगवानले यो धर्तीमा कुनै एउटा उद्देश्यले पठाएका हुन् । साहसका साथ बाँच, त्यो उद्देश्य पूरा गर ।
आफूले ‘कन्ट्रोल’ गर्न नसक्ने कुराहरुसंग बढी आशक्त भएका कारण मानिसहरु रोगी र दुखी बन्छन् ।
तिमीलाई तिमीले जे सोंच्छौ, त्यो मिल्दैन । तिमीले जे गर्छौ, त्यो पाउँछौ ।
तिम्रो जीवनमा जे हुन्छ, त्यो तिम्रै बानीको परिणाम हो ।