हामीले प्राय:जसो समस्या वा दुर्घटनालाई बाधक देखाएर आफ्नो काम र लक्ष्यबाट टाढा भाग्छौं । तर सिर्जनात्मकता र सफलताको सिंढी त्यही समस्या वा दुर्घटनाले नै ल्याइदिन सक्छ ।

बेलायतकी जेन हेली नौं वर्षकी हुँदा आगोमा परेकी थिईन् । चुलोमा परेर उनको शरीरको ७५ प्रतिशत भन्दा बढी भाग जल्यो । उनको कान नस्ट भए । जलेर स्तन नष्ट भए । नौं देखि १५ वर्ष उमेरसम्म उनको निरन्तर उपचार चल्यो । उपचार र अनेक संघर्षका बावजुद उनि बाँच्न सफल पनि भईन् । तर उनको शरीर जलेको दाग र घाउका डोबहरुले भरियो । उनमा खिन्नता र नैराश्यता बढ्यो ।

मानिसले आफूलाई पीडाबाट निस्किन सफल भयो भने संसार जित्ने हिम्मत गर्न सक्छ । जेन आफ्नो पीडाबाट निस्किएर आफू जस्तै समस्या भोगेकाहरुलाई केहि सहयोग गर्ने अठोट लिईन् । आफ्नो उमेरको परिपक्कता संगै जेनले जलेको छालालाई उपचार गर्ने औषधिको बारेमा अनुसन्धान गर्न थालिन् । लगातारको खोज पछि ५६ वर्षीय उनले २०१४ मा आफ्नी २५ वर्षीय छोरीको सहयोगमा औषधि तयार पारेकी छिन् । सी क्रिम नाम गरेको उक्त औषधिले छालालाई नरम र हल्का बनाउने प्रयोगकर्ताहरुले बताएका छन् । औषधि गाजरको बीऊ, समुद्रको नून, मौरीले बनाएको मैन आदि प्राकृतिक चिजहरुबाट बनाइएको हो । उनकी २५ वर्षिया छोरी छिन् , जसले औषधि बनाउनमा सहयोग गरिन् ।

जेन भन्छिन् , ” यहाँसम्म आइपुग्न मैले धेरै लामो र कठीन यात्रा गरेकी छु । म मानिसहरुलाई महसुस गराउन चाहन्छु की, चोटका दागहरु पछि पनि जीवन छ र हामीले चाहेमा त्यो सुन्दर पनि बन्न सक्छ । किशोरावस्था छँदा सम्म मभित्र कुनै आत्मविश्वास थिएन , त्यो कहालीलाग्दो अवस्था थियो । म फेरी त्यही स्थितिमा फर्किन चाहन्न । म त्यसबाट निस्कन सफल भएकी छु । अहिले म जे छु, यसप्रति म आफैमाथि गर्व गर्छु ।”

स्रोत

 

 

 

 

 

 

 

 

 

 

 

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text