मार्क ट्वेन विश्व प्रसिद्ध लेखक हुन् । उनका भनाइ तथा लेखनहरुले करोडौंलाई जीवनको लागि प्रेरणा दिइरहेका छन् । उनी आफैले पनि जीवनमा अनेक पीडा खेपेका थिए, जसले गर्दा उनी मानसिक रुपमा बिरामी समेत भएका थिए ।
विवाह पछि जन्मिएका पहिलो सन्तान, छोराको शिशु अवस्थामै मृत्यु भएपछि ट्वेनका श्रीमान श्रीमती नै दुखी भए । त्यसपछि २४ वर्षकी छोरी सुसीको निधन भयो । छोरीको निधन हुँदा उनी देश बाहिर गएका थिए । छोरीलाई अन्तिम अवस्थामा पनि देख्न नपाएका कारण उनको पीडा झन् बढेको थियो । पीडाबाट गुज्रिएका उनीमाथी झन् बज्रपात पर्यो, जब उनकी कान्छी छोरीको पनि निधन भयो । सन् १९०९ मा २९ वर्षको उमेरमा उनकी कान्छी छोरीको हृदयघातबाट निधन भएको थियो । माइली छोरीसंग उनको सम्बन्ध राम्रो हुन सकेन ।
मार्क ट्वेन यी पीडाबाट गुज्रिदा कैयौंपटक मानसिक रुपमा बिरामी समेत भए । तर उनले जीवनदेखि हार मानेनन् । आफ्नो लेखन कार्यलाई निरन्तरता दिए । निराशा र डिप्रेसनबाट निस्कनको लागि उनी पुस्तक पढ्ने, बिलियार्ड खेल्ने गर्थे । र, संगै जीवनको लागि प्रेरणा दिने गर्थे ।