लुसियस अनयस सेनेका प्रसिद्ध इटालियन दार्शनिक, राजनीतिज्ञ तथा साहित्यकार हुन् । उनको जन्म ४ बि.सीमा भएको थियो भने ६५ एडीमा उनको निधन भएको थियो ।

सेनेकाका प्रेरक भनाइहरु :

जीवन भनेको नाटक जस्तै हो । नाटक कति लामो छ, त्यसले फरक पर्दैन । त्यो नाटकको पात्रले कस्तो अभिनय गर्छ, त्यसले फरक पर्छ ।

आफू माथी आफैले मात्र शासन गर्ने व्यक्ति नै शक्तिशाली व्यक्ति हो ।

जब तयारी र अवसर मिल्छ, त्यो नै भाग्य हो ।

हरेक दिनलाई आफ्नो एउटा जीवन सम्झ ।

सम्पत्ति कम भएको व्यक्ति होइन, लोभ बढी भएको व्यक्ति गरिब हो ।

हामी वास्तविकताले भन्दा बढी कल्पनाले गर्दा बढी तनावमा आइरहेका हुन्छौं ।

जसरि शारीरिक श्रम गर्दा शरीर बलियो हुन्छ, त्यसरी नै अप्ठ्यारो परिस्थितिले गर्दा दिमाग बलियो हुन्छ ।

पैसा भनेको बुद्धिमान व्यक्तिको लागि नोकर र मूर्ख व्यक्तिको लागि मालिक हो ।

कच्ची बाटो नै हो, जसले तिमीलाई उचाइमा पुर्याउँछ ।

आगोले सुनको परिक्षण गर्छ, कठीन परिस्थितिले व्यक्तिको परिक्षण गर्छ ।

व्यक्ति आफैले हार नमान्दासम्म दुर्भाग्यले पनि जित्न सक्दैन ।

खुकुरीले कसैलाई मार्दैन । व्यक्तिले कसैलाई मार्नको लागि खुकुरीको प्रयोग गर्छ । त्यो खुकुरीलाई कसरि प्रयोग गर्ने भन्ने त्यो खुकुरी समाएको व्यक्तिमा भर पर्छ ।

तिमी जति धेरै बाँच्छौ, कसरि बाँच्ने भन्ने सिकिराख ।

किताब बिनाको खाली समय भनेको व्यक्तिको मृत्यु जस्तै हो ।

यदि तिमी सधै अरुले चाहे अनुसार बाँच्छौ भने, कहिल्यै पनि सफल हुँदैनौ ।

यदि तिमीले समयलाई कसरि उपयोग गर्ने भन्ने बुझेको छौ भने, तिमीले आफूले चाहे अनुसार प्राप्त गर्न एउटा जीवन नै काफी हुन्छ ।

थोरै पागलपन बिना कोही पनि व्यक्तिले ठूलो सफलता हासिल गरेको छैन ।

हामीले स्कुलमा सिक्दैनौं, जीवनका अनुभवहरुमा सिक्छौं ।

हरेक नयाँ सुरुवात कुनै सुरुवातको अन्त्य पछि आउँछ ।

जब हामीले जिउनको लागि पर्खिरहेका हुन्छौं, जीवन बितिरहेको हुन्छ । आजमा रमाउन सिक ।

चट्टान भन्दा कडा केही हुँदैन र पानी भन्दा नरम केही हुँदैन । तर पनि पानीले चट्टानलाई फुटाउन सक्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text