अटिजम मस्तिष्क विकासमा उत्पन्न हुने एक किसिमको जन्मजात विशेष अवस्था हो । सामान्यतया बालबालिका जन्मेपछि शारीरिक विकाससँगै बौद्धिक विकास हुन्छ । तर अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सीप सिक्ने क्षमता कम हुन्छ । यही कारणले समाजमा अटिजम भएका व्यक्तिलाई रोगी या अपाङ्ग भन्ने, अपहेलना गर्ने चलन छ ।
अष्ट्रेलियाको ब्रिसबेनका क्ले लुइस १६ वर्षका भए । माध्यमिक तहको पढाइ सकेपछि उनले जागिर खोज्न थाले । तर अटिजम भएकै कारण उनलाई कसैले पनि जागिर दिएन । निकै प्रयास गर्दा पनि जागिर नपाएपछि लुइसले आफ्नै व्यवसाय सुरु गर्ने योजना बनाए ।
लुइसले डस्टबिन सफा गर्ने व्यवसाय सुरु गरे । सुरुमा उनी एक्लैले काम गरे । आफ्ना ग्राहक बढ्दै गएपछि उनले अहिले तीन जना कामदार राखेका छन् । व्यवसाय सुरु गरेको एक वर्ष पुगेको छ र व्यवसाय झन् पछि झन् सफल हुँदै गएको उनी बताउँछन् ।
काम प्रति सम्मान गर्ने र मिहिनेत गर्ने उनको बानीले प्राप्त गरिरहेको सफलता देखेर लुइसको परिवार पनि निकै खुशी भएको छ । उनी अहिले सबैको लागि प्रेरणा बनिरहेका छन् ।
Photo Source : Clay Needs No Moulding