ओजी म्यानडिनो प्रसिद्ध अमेरिकी लेखक हुन् । उनले लेखेको ‘ The Greatest Salesman in the World ‘ पुस्तक विश्वका सबैभन्दा बढी बिक्रि भएका पुस्तक मध्ये पर्छ । उनको जन्म सन् १९२३ डिसेम्बर १२ मा भएको थियो भने सन् १९९६ सेप्टेम्बर ३ मा उनको निधन भएको थियो।

ओजी म्यानडिनोका प्रेरक भनाइहरु :

जे गर्छौ, सक्नेजति राम्रो गर । किनकि तिमीले अहिले जे रोप्छौ, पछि त्यही फल्छ ।

यदि दृढ इच्छाशक्ति छ भने सफलताको बाटोमा असफलताले ‘ओभरटेक’ गर्न सक्दैन ।

पहिले हामीले बानीहरु बनाउँछौं । त्यसपछि बानीहरुले हामीलाई बनाउन थाल्छन् ।

मूर्खहरुको पात्रोमा मात्र ‘भोली’ भन्ने दिन भेटिन्छ ।

पैसा तिम्रो मूख्य लक्ष्य हुनु हुँदैन । तिम्रो सम्पत्ति भनेको तिम्रो पर्समा के छ त्यो होइन, तिम्रो मनमा के छ, त्यो हो ।

मैले आजको दिन खेर फाल्नु भनेको मैले मेरो जीवनको अन्तिम पाना बर्बाद गर्नु हो ।

जानिन या असफल भएँ भनेर कहिल्यै पनि लाज नमान । गल्ती नगर्ने र असफल नभएको व्यक्तिले कहिल्यै केही गरेको हुँदैन ।

जति असफलताको संख्या बढ्दै जान्छ, तिमी त्यति सफलतातर्फ बढिरहेका हुन्छौ ।

सफलताको लागि अवरोध आवश्यक छ, किनकी विजय हासिल गर्नको लागि विपक्ष र लडाई आवश्यक हुन्छ।

तिम्रो जीवनका सिमितताहरु भनेका केही होइनन् , ती कुराहरु केवल तिम्रो दिमागमा बसेका कुराहरु मात्र हुन् ।

मलाई उज्यालो मन पर्छ , किनकी उज्यालोले गर्दा मैले आफ्नो बाटो भेट्न सक्छु । तर मलाई रात पनि प्रिय लाग्छ, किनकी रातकै कारणले मैले ताराहरु देख्न सक्छु ।

म एउटा मात्र छु । जुनकुरा एउटा मात्र हुन्छ, त्यसको महत्व बढी हुन्छ । त्यसैले म महत्वपूर्ण छ ।

ढिलो हुनु र धेरै ढिलो हुनुमा धेरै ठूलो भिन्नता हुन्छ ।

यसरि काम गर कि, तिमी कहिल्यै मर्ने नै छैनौ । यसरि बाँच कि, तिमी आजै मर्दैछौ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text